Sunday, September 21, 2014

दसैंअघि मन्त्रीपरिषद् हेरफेर नगर्ने मनस्थितीमा


कोइरालालाई मन्त्री फेर्नबाट अन्तिममा कसले रोक्यो ?

मन्त्रिपरिषद् हेरफेरका अन्तिम तयारीमा पुगेका प्रधानमन्त्री सुशील कोइराला अन्ततः आफ्नै गुटको दवाव थेग्न नसकेर त्यत्तिकै अमेरिकातिर लागेका छन् । कोइरालाले मन्त्रिपरिषद् हेरफेर गरी कम्तीमा तीन वा चार मन्त्री हटाएर कांग्रेसमा नयाँ चार मन्त्री हाल्न लागेका थिए । त्यसक्रममा उनले शेरबहादुर देउवासँग पनि छलफल गरिसकेका थिए । सत्ता साझेदार एमाले पनि कांग्रेसका मन्त्री परिवर्तनमा सहमत थियो । स्रोतका अनुसार कोइराला असोज २ गते नै मौजुदा मन्त्रिपरिषद्मा हेरफेर र बिस्तार गर्ने तयारीमा थिए । उनले सत्तासझेदार एमालेका शीर्ष नेताहरुसँग कुरा गरिरहेका थिए । अरु दलका लागि भनेर राखेका चार मन्त्रालय पनि कांग्रेस र एमालेबीच भागबण्डा भइसकेको थियो । जस अनुसार रक्षा र गरिवि निवारण मन्त्रालय कांग्रेसले लिने र शान्ति तथा पुननिर्माण र वातावरण,विज्ञान तथा प्रविधि मन्त्रालय एमालेले लिन सहमति भएर एमालेले नयाँ मन्त्रीको लागि छलफल चलाउन लागेको थियो ।
कांग्रेसबाट विवादमा परेका र वद्नामी कमाउन थालेका भन्दै कोइराला पक्षका नरहरी आचार्य,नारायण खड्का र मिनेन्द्र रिजाल तथा देउवा पक्षका चित्रलेखा यादवलाई हटाउने सहमति दुई नेताबीच भएको थियो । अन्तिममा कोइराला आचार्यलाई राखेर खड्का र रिजाललाई फाल्ने तयारीमा थिए । देउवा पक्षले कोइरालाको आग्रह अनुसार चित्रलेखाको ठाउँमा बालकृष्ण खाँणलाई पठाउने तयारी गरिरहेको थियो । देउवाले यस विषयमा पुर्णबहादुर खड्का र विमलेन्द्र निधिसँग सल्लाह पनि गरिसकेका थिए ।
कोइरालाले पनि कसलाई पठाउने भनेर आफ्नो गुटमा छलफल गरे । कोइराला गुटमा मन्त्रीहुनेहरुको लाइन नै लाग्यो । उनले भित्रभित्रै सशांक कोइराला,आनन्द ढुंगाना,दिलेन्द्र बडु,फर्मुला मन्सुर र सितादेबी यादबको नाममा छलफल चलाए ।
यसबीचमा ढुंगानाले आफु सञ्चारमन्त्री भएको भन्दै मिडियामा समाचार समेत प्रबाह गरेपछि एकाएक खैलाबैला मच्चियो । मीनेन्द्रले रडाको मच्चाए भने सिटौलाले कोइरालको साथ छाड्ने धम्की दिए । बाह्य शक्ति समेत प्रयोग हुन थालेपछि कोइराला एकाएक पछि हटेका हुन् । त्यसपछि उनी दसैंअघि मन्त्रीपरिषद् हेरफेर नगर्ने मनस्थितीमा पुगेको स्रोतको भनाइ छ । आजको साँघु साप्ताहिकमा खबर छ ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत