Sunday, September 21, 2014
गर्भ निरोधक औषधिको सेवनले महिलालाई स्तन क्यान्सर हुने जोखिम
गर्भ निरोधकले जोखिम पनि
आश्विन ४ - गर्भ निरोधक औषधिको सेवनले महिलालाई स्तन क्यान्सर हुने जोखिम ५० प्रतिशत बढी हुन्छ ।२३ हजार महिलामाथि गरिएको यो अनुसन्धान अमेरिकन एसोसिएसन अफ क्यान्सर रिसर्चको जर्नलमा प्रकाशित छ । यो अध्ययनभन्दा अघि गर्भ निरोधक चक्की सेवन गर्ने महिलालाई क्यान्सरको अस्थायी खतरा हुन्छ भन्ने मान्यता व्याप्त थियो ।
अनुसन्धान अनुसार, धेरैजसो गर्भ निरोधक औषधिमा एस्ट्रोजेन हार्मोनको मात्रा बढी हुन्छ । यो एस्ट्रोजेन शरीरमा आवश्यकताभन्दा बढी रहे स्तन क्यान्सरको जोखिम तीन गुणा बढी हुन्छ ।
Labels:
जानकारी
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत