Tuesday, September 23, 2014

अनसन तोड्न गंगामायालाई मानवअधिकार आयोगको आग्रह


नन्दप्रसाद अधिकारीको निधन दुःखद अध्याय

७ असोज, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आमरण अनशनमा बसेका गंगामाया अधिकारीको जीवनरक्षाका लागि गम्भीरतापूर्वक प्रयास गर्न सरकारलाई आग्रह गरेको छ ।

अनसान तोड्न गंगामायालाई आग्रह गरेको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गरी भनेको छ-‘न्याय प्राप्तिका लागि आमरण अनसनजस्तो कष्टकर उपाय त्यागी अन्य वैकल्पिक उपाय अपनाउन पनि आयोग गंगामाया अधिकारीसाग अनुरोध गर्दछ ।’

आयोगले आमरण अनशनकै क्रममा नन्दप्रसाद अधिकारीको निधन भएकोलाई अत्यन्त दुःखद अध्याय भनेको छ ।

मानवअधिकार आयोगले सशस्त्र द्वन्द्वकाल र त्यसपश्चात हुने गरेका मानव अधिकार उल्लंघनका घटनामा तत्काल अनुुसन्धान र अभियोजन नहुनु, न्यायप्रशासनमा ढिलासुस्ती तथा द्विविधाग्रस्त एवम् उदासीन मनस्थितिले मानव अधिकारको प्रभावकारी संरक्षण र सम्मानमा कठिनाइ भएको जनाएको छ ।

साथै आयोगबाट भएका सिफारिसहरूको समयमै प्रभावकारी कार्यान्वयन गर्न माग गरेको छ । विज्ञप्तिमा भनिएको छ-संक्रमणकालीन न्यायले फौजदारी कानुनी प्रक्रियालाई प्रतिस्थापन नगरी सहयोगीमात्र हुन सक्ने भएकोले त्यसतर्फ आयोग ध्यानाकर्षण गराउँदछ ।’

छोराको हत्यारालाई कारबाहीको माग गर्दै ३३० दिनदेखि आमरण अनशनमा बसेका नन्दप्रसादको सोमबार निधन भएको थियो । उनीसँगै अनसनमा बसेका गंगामायाको अवस्था गम्भीर छ ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत