श्रीमतीले उत्तेजक पोजमा फोटो सुट गराएपछि श्रीमानले आफ्नै श्रीमतीको हत्या गर्न एक व्यक्तिलाई ८० हजार डलर दिएको खुलासा भएको छ ।
३२ वर्षीया मोडल मोनिकाले बिलिनियर डिनो गगलेइलमेलीसँग विवाह गरेकी थिइन् । विवाह पश्चात उनले दुई छोरी जन्माएकी थिएन् । विवाहपछि फोटो सुट नगराएकी उनी फेरि आफ्नो पेशा (मोडलिङ्ग)मा फर्किन चाहन्थिन् ।
मोनिकाले चार वर्ष अगाडिदेखि नै मोडलिङ्गमा फर्किन चाहेपनि उनका पतिले दिएका थिएनन् । मोनिकाले एकपटक बिकनीमात्रै लगाएर फाटोसुट गरेको थाहा पाएपछि डिनी झन् रिसाएका थिए ।
सोही कारण डिनीले आफ्नो हत्या गर्न एउटा मानिसलाई भाडामा किनेको मोनिकाले आरोप लगाएकी छिन् । उनले आगामी महिना डिनीले आफूलाई हत्या गर्ने योजना बनाएको खुलासा गरिन् ।
डिनीले पत्नीलाई छोरीहरुको हेरचाह गरेर बस्न भन्थे । तर उनी जसरी पनि फोटो सुट गराउने, फिल्म खेल्ने पक्षमा थिइन् ।
समाचारहरुमा जनाइएअनुसार डिनीले पूर्वसैनिक रिचार्ड फुरमनलाई भाडामा लिएका थिए ।
९० मिनेट लामो अडियो टेपमा फुरमनले हत्या कसरी गर्ने भन्ने बारे बताएका थिए भने डिनीले काम पुरा भएमात्रै आफू खुसी हुने बताएको सुनिन्छ ।
एजेन्सी

No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत