संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री सुशील कोइरालाको अमेरिकाका राष्ट्रपति बाराक ओबामासँग भेट गरेका छन् ।
राष्ट्रसंघको ६९औं महासभा सहभागि हुन आएका राष्ट्रप्रमुख र सरकार प्रमुखहरुको सम्मानमा अमेरिकी राष्ट्रपति ओबामाले आयोजना गरेका रात्री भोजका क्रममा संक्षिप्त भेट भएको हो ।
भेटका अवसरमा प्रधानमन्त्री कोइरालाले राष्ट्रपति ओबामालाई नेपाल भ्रमणको निमन्त्रणा दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
ओबामाको नेपाल भ्रमणले नेपालको संविधान निर्माण प्रकृया र प्रजातन्त्रको संस्थागत विकासमा ठूलो सहयोग पुग्ने कोइरालाले बताए ।
राष्ट्रसंघको ६९ औं महासभाको उद्घाटन समारोह र राष्ट्रसंघीय जलवायु शिखर सम्मेलन २०१४ लाई सम्बोधन गर्न अमेरिकी राष्ट्रपति ओवामा न्यूयोर्कमा छन् ।

No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत