Wednesday, September 24, 2014

आज बाट घर घरमा घटस्थापना गरि महान चाड बडादशैं शुरु

नेपाली समाजमा मनाइंने महान् पर्व बडा दशैंको प्रथम दिन आज घरघरमा भगवती दुर्गा भवानीको प्रथम रुप माता शैलपुत्रीको पूजाआजा गरिंदै छ ।
हिमालय पर्वतकी छोरीका रुपमा प्रादुर्भाव भएकी देवी शैलपुत्रीको पूजा गर्नाले माता प्रकृति प्रसन्न भई सहसमृद्धि प्राप्त हुने शास्त्रहरुमा उल्लेख छ ।


माता शैलपुत्रीको पूजाआजाका लागि भक्तजनहरु आज बिहानैदेखि मुलुकका विभिन्न देवीमन्दिरहरुमा भेला भएका छन् ।
आज शक्तिपीठ,देवीमनिदर तथा घरघरमा विशेष विधिपूर्वक घटस्थापना गरी जमरा राखिंदै छ ।
भगवती शैलीपुत्री हिमालय पर्वतकी छोरी भएकीले उनलाई पार्वती हेमावती, प्रकृति,नामले समेत पुकार्ने गरिन्छ ।
शैलपुत्री सबै देवीकी पनि आदिदेवी प्रारम्भा हुन् । आदिशक्ति हुन् । उनैबाट अरु देवी लोकमा विभिन्न हितरक्षा गर्न जगतमा उद्भव भएका हुन् ।
शैलपुत्री देवी हरियो रंङमा रहेको चित्रण गरिएको छ । शिरमा अर्धचन्द्र धारण गरेकी, गलामा सेतो माला पहिरेकी,हातमा त्रिशुल र कमल लिएकी नन्दीमाथि चढेकी छन् भनेर वर्णन गरिएको छ ।
उनले जगतलाई प्राकृतिक सिर्जनाले सजाई संसारमा वैभव भर्दछिन् भन्ने पनि देवीभागवत दुर्गासप्तशति, चण्डी लगायतका ग्रन्थहरुमा उल्लेख गरेको पाइन्छ ।
आज देवीमन्दिर चण्डीथान देउराली तथा घरघरमा देवी शैलीपुत्रीको आराधना गरी भक्तहरुले देवी पूजन गरिरहेका छन् ।
गाउंघर तथा वस्तीहरुमा देवीको योगदान तथा शक्तिका बारेमा विभिन्न ग्रन्थ तथा स्तोत्र वाचन गरी देवी महिमाको गुणगान गरिंदै छ । सफलता ,सिद्धि र दीर्घायुको कामना गरिंदै छ

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत