एनसेल मेलामा झुमे दर्शकहरु
बडादशैंको सुअवसरमा देशका आठ प्रमुख शहरहरु – विर्तामोड, विराटनगर, सिन्धुली बजार, बिरगंज, नारायणगढ, दाङ तुलसीपुर र नेपालगंजमा हजारौं ग्राहक तथा शुभचिन्तकलाई मनोरञ्जन गराए पश्चात एनसेल मेला शनिवार जावलाखेलमा भएको हो ।
मेलामा मनोरञ्जनात्मक कार्यक्रमहरु सँगै शुभकामना तथा उपहारहरु आदान प्रदान गरिएको थियो । विभिन्न स्वादका परिकारहरु पस्किरहेका खानाका स्टलहरुले आगन्तुकलाई आकर्षित गरेको थियो । मेलामा एनसेलका तर्फबाट रहेको स्टलहरुबाट आगन्तुकले एनसेलका सेवाहरुको जानकारी लिदै, सिम तथा रिचार्ज कार्डहरु खरिद गरेका थिए ।
गीत–संगितको प्रस्तुतीले मेलालाई थप मनोरञ्जनात्मक बनाएको थियो ।
कन्सर्टमा गायक आस्था बिले प्रस्तुती दिंदा युवायुवतीहरुको उपस्थिती बढ्दै गएको थियो भनेसुगम पोखरेलको प्रस्तुतीमा दर्शकहरु झुम्दै नाचेका थिए । महोत्सवका आकर्षणमा रहेका गायकहरु दिपक बज्राचार्य, मुक्ति एण्ड रिभाइभल, यम वुद्ध लगायतले आ–आफना चर्चित गीतहरु गाउदा दर्शकहरु पनि सँगसँग नाचेका थिए ।
हास्य कलाकार जितु नेपालले उपस्थित सबैलाई मेच मिचिमिचि हसाएका थिए ।
“चाडपर्वको सुअवसरमा आफ्ना ग्राहकलाई धन्यवाद ज्ञापन गर्न तथा शुभकामना आदान प्रदान गर्न हामीले एनसेल मेला गरेका थियौं । प्रत्येक सहरमा हजारौंको संख्यामा उपस्थित भई मेलालाई भव्यताका साथ सफल बनाउनु भएकोमा हामी सबैलाई धन्यवाद दिन चाहन्छौं । यसले हामीलाई थप उर्जा प्रदान गरेको छ,” एनसेलकी कर्पोरेट कम्युनिकेशन निर्देशक सञ्जु कोइरालाले भनिन् ।
मेला ११ः०० बजेबाट सुरु भएको थियो ।
(ratopati)
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत