Wednesday, September 17, 2014

सुनिल थापा अस्पताल भर्ना


कैयन नेपाली फिल्मका साथै हिन्दी फिल्म मेरी कोममा प्रियंका चोपडाको बक्सिङ प्रशिक्षक(गुरु) भएर अभिनय गरेका कलकार सुनील थापा अस्पताल भर्ना भएका छन् ।
पछिल्लो समय यही फिल्मका कारण देश–विदेशमा चर्चामा रहेका थापालाई लगातारको ज्वरोले सताएपछि अस्पताल भर्ना भएका हुन् ।मेरी कोमको प्रिमियरमा सहभागि भई गत साता काठमाडौं आएदेखि अस्वस्थ महसुस गरेका थापालाई लगत्तै ज्वरो आएको थियो ।
ज्वरोले सताएपछि उनी अहिले ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालमा भर्ना भएका छन् । डाक्टरले उनलाई ‘अब्जर्भेसन’ राखेर उपचार गरिरहेका छन् ।


No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत