गाडीमा थिए हिरो सविन श्रेष्ठ सहित निर्माता उदय पनि
बेल्जियम स्थित एन्तोरपेनमा छायाकंन भईरहेको फिल्म नमस्ते नेपालको यूनिट ठूलो दुर्घटनाबाट जोगिएको छ ।
निर्माता प्रदीप उदयका अनुसार आईतवार बिहान ११ बजे भएको कार दुर्घटना कहालि लाग्दो थियो । यध्यपी भगवानले हात थाम्दा यूनिटका सदस्यहरुलाई केही नभएको उनले बताएका छन् ।
उदय सहित चढेको गाडीलाई हिरोइन आनाले ड्राईभ गरेकी थिईन् । सो गाडीमा हिरो सविन श्रेष्ठ, फाईट डाईरेक्टर चन्द्र पन्त र कलाकार गोपाल ढकाल (छन्दे) पनि थिए । हिरोइनले उच्च ध्यान पुर्याउदा कार दुर्घटना हुनवाट जोगिएको उदयको भनाई छ । ‘२५ बर्षको ड्राईभिङ करिअरमै यो जस्तो दुर्घटनाको अनुभव मलाई भएको थिएन’ उदयले भनेका छन् ।
उदयका अनुसार १ सय ५० स्पिडमा कुदिरहेको आफ्नो कार अघिको अर्को कारले अचानक ब्रेक लगाउदा स्थिती कहालिलाग्दो भएको थियो ।
राजु शाहको निर्देशनमा छायाकंन भईरहेको नमस्ते नेपालको सुटिङ २० प्रतिशत सकिसकेको छ । गीत छाँयाकंनका लागि एन्तोरपेनबाट १ सय २५ किलोमिटर पर सि साईड पुग्ने बेलामा उक्त कहालि लाग्दो घटनाको समाना गर्नुपरेको उदयको भनाइ छ ।
निर्माता उदय र हिरोइन आना
फिल्मका निर्देशक सहित कलाकार र प्राविधिक बेल्जियममा
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत