Monday, October 20, 2014

गणेश थापाले दिए राजीनामा

लेखा समितिलाई सहयोग गरेको भन्दै थापासहित कोषाध्यक्षले दिए राजीनामा
काठमाडौं, कात्तिक ३–
      अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापाले आज राजिनामा दिएका छन् ।
एन्फामा भ्रष्टाचार भएको भन्दै संसदको सार्वजनिक लेखा समितिले थापालाई एन्फा अध्यक्षका हैसियतमा कुनै कामकाज नगर्न भनेको थियो।
लेखा समितिले गरेको निर्णयलाई सम्मान गर्दै निर्णय लिएको भन्दै थापाले दुई महिनाका लागि राजिनामा दिएका हुन् ।
थापाले आफ्नो सबै कामको जिम्मा वरिष्ठ उपाध्यक्ष ललित कृष्ण श्रेष्ठलाई कार्यवाहक अध्यक्षको रुपमा जिम्मा लगाएका छन् ।
यसका साथै संघका कोषाध्यक्ष विराजजंग शाहीले पनि थापालाई पछ्याउँदै राजीनामा दिएका छन् ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत