Sunday, October 12, 2014

ओस्कारमा ‘झोला’ले ८२ देशका सिनेमासँग प्रतिश्पर्धा गर्दै



         ओस्कारको उत्कृष्ट ५ को मनोनयनका लागि नेपाली सिनेमा ‘झोला’ले ८२ देशका सिनेमासँग प्रतिष्पर्दा गर्ने भएको छ। एकेडेमी अवार्डको ८७ औं संस्करणको ‘उत्कृष्ट विदेशी भाषाको सिनेमा’को विधामा नेपालसहित ८३ देशले प्रतिश्पर्धा गर्न लागेका हो। यसरी प्रतिश्पर्दा गर्न लागेका देशहरूमध्ये कोसोभो, माल्टा, मारूटानिया र पानामा पहिलो पटक ओस्कारमा सहभागी हुन लागेका हुन्।

८७ औं ओस्कार अवार्डको उत्कृष्ट पाँचको मनोनयन घोषणा आगामी वर्ष १५ जनवरीमा अमेरीकी समय अनुसार बिहान साँढे पाँच बजे स्यामुएल गोल्डवीन थिएटरमा गरिने छ। त्यसैगरि आगामी फेब्रअरी २२ मा हलिउडमा रहेको डल्बी थिएटरमा ओस्कार अवार्डका विजेताहरूको घोषणा गरिनेछ। 

नेपालको प्रतिनिधित्व गर्दै ओस्कारमा सहभागी ‘झोला’मा विगतमा नेपाली समाजमा रहेको सति प्रथाको कथा रहेको छ । ‘झोला’ मदन पुरस्कार विजेता लेखक कृष्ण धरावासीको चर्चित कथा ‘झोला’माथी बनेको सिनेमा हो। ‘झोला’लाई यादव भट्टराईले निर्देशन गरेका हुन।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत