Saturday, October 18, 2014

अरिङ्गालले टोकेर एकै परिवारका तीनजनाको मृत्यु


म्याग्दी, कात्तिक २– म्याग्दीको बेनी नगरपालिका वडा नंं. ९ घतान काउलेगौडामा अरिङ्गालले टोकेर एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।

काउलेगौडाका ५५ वर्षीय दल पुरी, उनकी श्रीमती ४५ वर्षीया शिवा पुरी र १२ वर्षीय छोरा आशीष पुरीको उपचारका क्रममा शनिबार साँझ मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत