यसअघि माग गरेको १५ दिनपछि मात्र पनिकाले ट्रान्सक्रिप्ट दिने गरेको थियो। ट्रान्सकृप्टसँगै ‘ओरिजिनल सर्टिफिकेट’ १५ दिनमा र प्रोभिजनल सर्टिफिकेट तीन दिनमा दिन थालिएको परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक शंकर भण्डारीले जानकारी दिए।
पहिले ट्रान्सक्रिप्ट प्रिन्ट हुने कोठा एउटै भएकोले धेरै समय लाग्ने गरेको थियो। अहिले हरेक तह र संकायका ट्रान्सक्रिप्ट झिक्न प्रिन्ट गर्ने छुट्टा(छुट्टै कोठाको व्यवस्थापन गरिएको छ।
यसै गरी रजिष्ट्रेसन लिने समस्या पनि समाधान हुने भएको छ। करिब ६ वर्षयता विद्यार्थीले समयमै भर्ना भएपनि रजिष्ट्रेसन नम्बर नपाउने समस्या रहँदै आएको छ।विद्यार्थीले एउटा तह उत्तीर्ण गर्दासमेत रजिस्ट्रेसन नम्बर नपाउँदा ट्रान्सक्रिप्ट पाउन समस्या पर्ने गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत