मंगलपुर । भरतपुर नगरपालिका र मंगलपुर गाविसको सिमानामा रहेको शिवघाट क्षेत्रलाई धार्मिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न गुरूयोजना निर्माण हुँदैछ । मुकुन्देश्वर महादेवको प्राचीन मूर्ति रहेको सो ठाउँमा बन्ने गुरूयोजनाका बारेमा शनिबार छलफल कार्यक्रम सम्पन्न भयो ।
मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको भेलामा द वल्ड इन्जिनियरिङ कन्सल्टेन्सी प्रालिले तयार पारेको प्रस्तावित गुरूयोजनामा छलफल भएको थियो । झण्डै दुई बिघा क्षेत्रफलमा मन्दिर, पार्क, धर्मशाला र पिकनिक स्थल बनाउने योजना छ ।
‘यस क्षेत्रको धार्मिक मह¤वलाई अझै उजागार गर्ने र साथसाथै पर्यटनको बिस्तार पनि गर्ने योजनाका साथ हामीहरु गुरूयोजना निर्माणमा जुटेका हौं’ चितवन जिल्ला विकास समितिका पूर्व सभापति तथा मन्दिर व्यवस्थापन समितिका प्रधान संरक्षक विष्णु घिमिरेले भने ।
पाल्पाली राजा मुकुन्द सेन प्रथमले विसं १५९५ देखि १६०० सम्मको पाँच वर्षको अवधिमा ११ वटा रुद्र स्थापना गरेका थिए । शिवघाटमा सोही बेला स्थापना गरेको रुद्र रहेको इतिहासकारहरुले पत्ता लगाएको घिमिरेले जानकारी दिए ।
‘त्यसैले यो ठाउँ प्राचीन र धार्मिक पनि छ । यस्तो ठाउँको विकास हुनु पर्छ । धार्मिक स्थलका साथसाथै पर्यटकीय स्थल पनि बनाएमा सर्वसाधारणको जीवनस्तरलाई माथि उठाउन पनि सकिने छ’ प्रधान संरक्षक घिमिरेले भने ।
मन्दिरले ओगटेको र खाली रहेको समेत गरेर मन्दिरका नाममा ३४ कठ्ठा जग्गा छ । यसका साथै नारायणी नदीको तटबन्धन भएमा थप एक बिघा जमिन प्राप्त गर्न सकिन्छ । व्यवस्थित रुपमा लागेमा सो क्षेत्रको राम्रो विकास गर्न सकिने सम्भावना रहेको छ ।
विदेशमा चिकित्सा क्षेत्रमा रहेका डा.प्रशन्न गौतमले सो ठाउँमा प्राचीन विषयहरुको अध्ययन हुने केन्द्र खोल्न रुचि देखाएको संरक्षक घिमिरेले जानकारी दिए । धर्म, संस्कृति, संस्कारमा १२ विषयको अध्ययन हुने कलेज स्थापनाको पहल पनि भइरहेको उनले जानकारी दिए ।
कलेज स्थापना भएमा बर्सेनि दुई सय विद्यार्थीले स्नातकदेखि विद्यावारिधिसम्मको अध्ययन गर्ने उनले जानकारी दिए । यो दीर्घकालीन योजना भएको र तत्कालका लागि आकर्षक मन्दिर, बगैँचा र सत्तलसहितको गुरूयोजना बन्दै गरेको घिमिरेले बताए ।
इतिहासकार डा.विष्णुप्रसाद घिमिरेले ऐतिहासिक स्थलको विकास र प्रचारप्रसारले देश र समाजलाई जोड्न मह¤वपूर्ण भूमिका खेल्ने बताए । प्राचीन ठाउँमा बन्ने भौतिक संचरनाहरुले त्यसको पुराता¤िवक मह¤वलाई ओझेल पार्न नहुने पनि उनले सुझाव दिए ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर जिसीको अध्यक्षतामा सो छलफल कार्यक्रम भएको थियो । तत्कालका लागि मन्दिर क्षेत्रमा विभिन्न खालका ३१ वटा संरचनाहरु निर्माण गर्ने उद्देश्यका साथ गुरूयोजना बन्दै गरेको उनले बताए ।

No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत