Friday, October 17, 2014

सयपत्री फुल्दै होलान..




रामकृष्ण पौडेल "अनयास"
भरतपुर-13, गजलकुन्ज
चितवन


आँगनिको डिलमा यो साल सयपत्री फुल्दै होलान
गैँरी खेतमा धानका बाला लहलह झुल्दै होलान ।


आलो पालो मेला पर्म गाउँमै कुटो कोदालोमा
लेक बेशि साथि भाई काम काजले भुल्दै होलान ।


आउनै लाग्यो बर्ष दिनको दशैँ तिहार तिज अव
के कसरि मनाउने हो, भन्दै गाउँमा डुल्दै होलान ।


पोहर साल त त्यस्तै भयो अर्को चोटी आउँछु भन्थे
यसपाली त आमा वैनी मेरै बाटो कुर्दै होलान ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत