Friday, October 17, 2014

भैलोमा...



रामकृष्ण पौडेल "अनयास"

नबस बैनि टिका र माला लिएर दैलोमा
आउदिन यो साल रमाउनु गाउँमा गएर भैलोमा ।

दशैँ तिहार त्यो गाउँमा रमाउदै खादाहुन
बिदेशमा भन्दा आनन्द बरु त्यै धुलो मैलोमा ।

दुःख र सुख साथिभाई छाडे भाग्य बिग्रिएर
लोभले तान्दा ल्याउछु पैसा भन्दथे थैलोमा ।

नबस बैनि टिका र माला लिएर दैलोमा
आउदिन यो साल रमाउनु गाउँमा गएर भैलोमा ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत