Wednesday, October 15, 2014

अब संविधान बन्ने सुनिश्चित भयो : प्रधानमन्त्री


असोज २८, काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालाले आगामी माघ ८ गतेभित्र देश र जनताले नयाँ संविधान पाउने भन्दै ढुक्क हुन आग्रह गरेका छन् । संविधानका विवादित विषयमा सहमति गर्ने काम अन्तिम चरणमा पुगेको भन्दै उनले अब संविधान बन्ने सुनिश्चित भएको बताए ।

राजधानीमा मंगलबार रामबाबु–सामाजिक सेवा पुरस्कार कोषले गरेको कार्यक्रममा उनले दलहरुबीच छलफल र वार्ताको क्रम तीव्र रुपमा अघि बढेको भन्दै निर्धारित समयमै संविधान जारी हुने बताए ।

कार्यक्रममा प्रधानमन्त्री कोइरालाले कोषका तर्फबाट प्रदान गरिएको पुरस्कार पद्म भूवनेश्वरी नमूना सेवा बृद्धाश्रम सर्लाहीलाई प्रदान गरेका थिए । पुरस्कारको राशी २ लाख रुपैयाँ रहेको छ ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत