Wednesday, October 15, 2014

बलिउड हिरोइन जरिन खान काठमाडौं आउने


बलिउडमा सलमान खानले वीर फिल्मबाट डेब्यू गराएकी हिरोइन जरिन खान काठमाडौं आउने भएकी छन्।
पनाचे ग्यालेक्सी अफ स्टार्स नामक फेसन फेसन सोमा सहभागी हुन उनी आगामी शुक्रबार काठमाडौं आउने आयोजक पनास रनवे ईभेन्टसले जनाएको छ।

ईभेन्ट्स कोर्डिनेटर सन्तोष सिवाकोटीका अनुसार उनी दुई दिनका लागि नेपाल आउन लागेकी हुन्।
बलिउडका फेसन डिजाइनर बिशाल कपुरको संयोजनमा हुने कार्यक्रममा भारतकै सेलिब्रेटी एवं कलाकार एजाज खान पनि आउँदैछन्।
कार्यक्रममा केही मिस नेपालसहित २४ नेपाली मोडलले र्‍याप तताउनेछन्। र्‍याम्प शो शनिवार राति सात बजे देखि सोल्टी होटलमा हुँदैछ जसका लागि आयोजकले बुकिङ समेत खुल्ला गरिसकेको छ ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत