स्वस्थ यौन जीवनले वैवाहिक जीवनमा संजीवनको काम गर्छ। नियमित रूपमा राखिने स्वस्थ यौनसम्बन्धले मुटुलाई बलियो बनाउने म्यासाच्युसेटस्थित न्यू-इल्यान्ड इन्स्टिच्युटका वैज्ञानिकहरूको अध्ययनले देखाएको छ। मानिसको यौन क्रियाका लागि जसरी शान्त मधुर संगीत आरामदायक एवं सुविधाजनक बिछ्यौना आवश्यक हुन्छ त्योभन्दा बढी आवश्यक हुन्छ सही खानपानको। यौन क्रियाबाट भरपुर सुख र आनन्दको अनुभूति प्राप्त गर्न सही भोजनको आवश्यकता पर्छ।
मानव शरीर जुन अवयवबाट बनेको हुन्छ त्यसमा अनेक धातु र खनिज पदार्थ हुन्छन् जुन बराबर व्यय हुन्छ र भोजनमा ती पदार्थको कमीले यौनलाई प्रभावित गर्छ। जसका कारण यौनशक्तिमा कमी आउँछ, मानिसले आफ्नो यौन जीवनबाट सोचे अनुरूपको सुख प्राप्त गर्न सक्दैन भने वैवाहिक जीवनसमेत धरापमा पर्छ। त्यसैले यौन जीवनलाई सुखी राख्न भोजनमा अनेक धातु र खनिज पदार्थहरूको कमी हटाउनु पर्ने हुन्छ। यौन सुखबाट वञ्चित नहुन भोजनमा त्यस्ता खानपानको प्रयोग गर्नुपर्ने हुन्छ जसले यौन ऊर्जा बढाउँछ र सहवासबाट भरपुर सुख र आनन्द प्राप्त हुन्छ। तैलिय खाद्य सामग्रीभन्दा अंकुरित अन्न बढी पौस्टिक हुन्छन्। अंकुरित अन्नबाट यौन हार्मोन सहज रूपमा प्रभावित हुन्छन्।
सेचुरेटेड खाना खाने दम्पतीले यौन क्रियाको भरपुर आनन्द अनुभव गर्न सक्दैनन् त्यसैले भोजनमा घिउ, रेड मिट, सेलफिस, लोवस्टर एवं नरिबलको तेल आदि प्रयोग गर्नुहुँदैन। चिकनको लेग पिस पनि उपयुक्त हुँदैन भने अन्डाको पहेंलो भाग पनि लाभदायक हुँदैन। यदि माछा, मासु खानु छ भने त्यसलाई स्टिम गरेर खानुपर्छ। सेचुरेटेड फुडको सेवनले रगत गाढा भएर रक्तसञ्चारको गति मन्द हुन्छ जसबाट डायबिटिज एवं हार्ट अटयाकजस्ता रोगको खतरा बढ्छ।
हामीले खाने आहारमा यौन हार्मोनलाई प्रभाव पार्ने अनेकन तत्व हुन्छन्। त्यसैले ती कुरा सेवन गर्नुपर्छ जसले हाम्रो यौन जीवनलाई सुमधुर, सुदृढ एवं सुखी बनाउँछन्। स्वस्थ र सुमधुर सहवासका लागि धेरैभन्दा धेरै फलफूल हरिया सागसब्जी तथा अंकुरित अन्न सेवन गर्नुपर्छ। फलफूल सागसब्जी एवं हरिया चिजले कोलेस्ट्रोलाई नियन्त्रणमा राख्छन्। अंकुरित अन्नमा भिटामिन ‘ई’ हुन्छ। अकुरित अन्नमा भएको पोटासियमले तनाव हटाउनुका साथै वीर्य पनि बढाउँछ। व्यस्त जीवनशैलीले व्यक्तिको यौनजीवन धेरै हदसम्म प्रभावित भएको देखिन्छ। किनभने व्यस्तताका कारण आजभोलि हरेक ब्यक्तिले आफ्नो खानपानमा पर्याप्त ध्यान पुर्याउन सक्दैनन्।
पौस्टिक तत्वको कमीका अहिलेका मानिसहरूमा सेक्स पावर अर्थात् यौन ऊर्जामा कमी आइरहेको छ। यौन ऊर्जाको अभावका कारण व्यक्तिमा यौन आलस्यता, नैराश्यता एवं यौनप्रति नै नकारात्मक धारणा देखा पर्छ जसका कारण उनीहरूको यौन जीवन अघि बढ्न सक्दैन। यौन विशेषज्ञहरूका अनुसार यौन क्रियालाई कायम राख्ने सबैभन्दा राम्रो उपाय हो अल्पाहार अर्थात् मानिसको उमेर अनुरूपको खानपान। आफ्नो उमेर अनुरूपको खानपान वा पौस्टिक आहार गह्रण गरे यौन ऊर्जामा वृद्धि हुनुका साथै यौन जीवन सुखी हुन्छ। मानिसको उमेर जति बढ्दै गयो त्यति नै सेक्स पावरमा कमी आउँछ। ३० वर्ष काटेका स्त्री-पुरुषले सकेसम्म कम नुन सेवन गर्नुपर्छ भने चिल्लो एवं गुलियो पदार्थ सकेसम्म कम सेवन गर्नु राम्रो हुन्छ। चालिसको उमेर पछि घिउ-तेलको कम सेवन एवं उमालिएका परिकार प्रयोग गर्नु राम्रो हुन्छ।
Sourse: ekantipur
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत