नेपाली चलचित्र क्षेत्रमा धेरै कम नायिका मात्र निरन्तर रुपमा चलचित्र क्षेत्रमा सक्रिय रहेको देख्न सकिन्छ । ढल्कदो उमेर, आर्थिक अभाव र असफलताका कारण नायिकाहरु क्रमश चलचित्र क्षेत्रबाट नै पलायन भइरहेका छन । आफ्नो छवीलाई निरन्तरता दिन नसक्नु र नवप्रवेशीसँग प्रतिस्पर्धा गर्न नसक्ने जस्ता कारणले कतिपय राम्रा नायिकाहरु पर्दामा देखिन छाडेका छन । कतिले त घरजम पनि गरेर चलचित्रलाई वाईवाई समेत गरिसकेका छन । चलचित्र क्षेत्रमा लामो रेसको घोडा हुने चाहना सबै नायिकाहरुलाई हुन्छ, तर धेरै कमले मात्र अवसर पाउछन् । धैर्यता, संझौता र निरन्तरतालाई आत्मसात गर्ने नायिकाहरु लामो समयसम्म टिकेको देखिन्छ । संझौता विना चलचित्र उद्योगमा लामो अवधीसम्म टिक्न खोज्ने कतिपय नायिकाहरुले सन्यास लिई सकेका छन ।सदाबहार नायिका हुन अभिनय र सुन्रदताको गुण मात्र पर्याप्त हुँदैन, निर्माता, निर्देशक र स्थापित नायकलाई रिझाउने कला हुन पनि जरुरी छ । यस्तो कला नेपाली चलचित्र उद्योगमा मात्र होइन हलिउड र बलिउडका नायिकाहरुमा पनि छ । विना तयारी र कमजोर क्षमता लिएर अभिनयमा हाफ फाल्ने महत्वाकांक्षी प्रवृतिका नायिकाहरु बढी मात्रामा संझौतापरस्त हुनु परेको छ । यस्ता नायिकाहरुले निर्माता,निर्देशक रिझाएरकै भरमा अवसर पाउने गरेका छन, तर यी नायिकाहरु लामो रेसको घोडा नहुने पक्का छ ।
त्यसैले होला ५० को दशकमा उदाएका नायिकाहरु विपना थापा, सनी रौनियार, निरुता सिंह, जल शाह, पुजा चन्द जस्ता नायिकाहरु चलचित्रबाट करिव करिव विस्थापित भईसकेका छन । नयाँ चलचित्रहरु पाउन छोडेपछि नायिका थापाले भारतीय नागरिकसँग विवाह गरे चलचित्र क्षेत्रबाट टाढिएकी छिन भने मोटाउदै गएकी नायिका जल शाह विवाह गर्न अमेरिका पुगिन । उमेरले ३५ काटी सकेकी र आर्थिक अवस्था कमजोर भएकी चन्दले पनि गनतव्य अमेरिका नै रोजिन । चलचित्र प्रेमपिण्ड बाट सम्भावना देखाएकी सनीले पनि चलचित्रमा खासै रुचि देखाइनन् र सिक्कीममा विहे गर्न पुगिन ।
४० को मध्यमा आएका करिश्मा मानन्धर, कृष्टि मैनाली, गौरी मल्ल, रुपा राना, मौसमी मल्ललाई सम्भावनायुक्त नायिकाको रुपमा हेरिएको थियो । ४० देखि ५० को मध्यसम्म यी नायिकाहरुले आफुलाई स्थापित गराएका थिए, तर समयक्रमसँगै यिनीहरु क्रमश पाखा लाग्दै गए । कोही आर्थिक अवस्था सुर्धान त कोही धरापमा परेको क्यारियरलाई विर्साउन विदेश पलायन भए । सदावहार नायिका करिश्मा पनि असफलतासँगै अमेरिका पलायन भएर पुन नेपाल फर्केकी छिन । ४० को हाराहारीमा पुगे पनि निर्माता र दर्शकबीच लोकपि्रय रहेकी करिश्मा अहिले चलचित्र बसमा छैन मेरेा मनको छायाँकनमा व्यस्त छिन । चलचित्र बाबुसाहेव असफल हुनु र नवनायिकाहरुसँग अंगप्रर्दश गर्ने मामिलामा पछि पर्दा उनी अमेरिका गएकी थिइन । लोभीपापी, चटयांग जस्तो चलचित्रमा अभिनय गरेकी गौरी पनि बढदो उमेरसँगै मुख्य भुमिकाबाट बञ्चित हुन पुगिन र चरित्र अभिनेत्रीको रुपमा आफुलाई ढालिन । आर्थिक अवस्था सुर्धान जापान गएकी उनी नेपालमै केही गर्ने सोचमा छिन । ५० को मध्यमा आएका केही नायिकाहरु अझै सक्रिय छन भने कतिपय हराई सकेका छन । ज्ञान र क्षमताको अभाव हुनुका साथै बहुप्रतिभाशाली नहुदा नायिकाहरु चलचित्र क्षेत्रबाट नै बाहिरिएका हुन । धरै नायिकाहरु एकाहोरो भुमिकामा मात्र जम्ने हुनाले उनीहरु दर्शकबाट नकारिदै आएका छन ।
५० को मध्यमा झरना बज्राचार्य, रेजिना उप्रेती, क्षितिजा शाक्य, झरना थापा, उषा पौडेल, कविता खडका, मुना कार्की, श्यारेान शेर्पा, रेखा थापा, पुजा लामा, संचिता लुइँटेल, इश्वरी प्रधान, रुपा उपाध्याय, ऋचा घिमिरे, सज्जा मैनाली, रुवी राणा, ज्योति शर्मा, अरुणीमा लम्साल, रजनी राना, सुमिना श्रेष्ठ, प्रसिद्धिका रायमाझी, नन्दिता के.सी लगायतका नायिकाहरु चलचित्र क्षेत्रमा प्रवेश गरे । यी मध्ये धरै जसो चलचित्र क्षेत्रबाट अलग भईसकेका छन । संचिता, उषा, रेजिना, रेखा, ऋचा, अरुणीमा, झरना र नन्दीता अझै पनि सक्रिय छन । उनीहरुलाई विस्थापित गराउन सोनिया के.सी, रञ्जना शर्मा, युना उप्रेती जस्ता नायिकाहरु अगाडि आएका छन । अंगप्रर्दशनमा मात्र होइन, उनीहरु चलचित्रमा टिक्नका लागि जस्तोसुकै संझौता गर्न पनि पछि पर्दैनन् ।
अनलाइन खबरबाट साभार
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत