अभिनययात्राको ५ वर्ष नवित्दै अरु स्थापित नायिकालाई समेत पछि पारेकी नायिका थापामाथि चलचित्र वृतमा अनेक टिकाटिप्पणी भईरहेका छन् । एकथरी भन्छन्-‘अहिलेको क्रेज बैंश ढल्केपछि टिक्दैन ।’ साहानुभुतिपूर्वक अर्कोथरी भन्छन्-‘दर्शकको मन तान्ने सबैका आ-आफ्नै शैली हुन्छन् नि । रेखा आफैले आफैलाई कसरी हेरेकी छन् त ? के अरुले भनेजस्तै उनि बढि ‘सेक्सी’ वा ‘ग्ल्यामर्स’ नै हुन ? रेखा भन्छिन्-‘नेपाली चलचित्र पछाडी पर्नुको कारण यस्तै संकुचित मानसिकता बोक्नु हो ।’ ‘मैले जे गरे, अहिलेको पुस्ताको माग हो यो । न्युरोडमा हिड्ने सामान्य केटीको भन्दा लगाउने भन्दा मैले चलचित्रमा असमान्य लुगा लगाएकी छैन । यसमा हिच्किचाउने हो भने अझ पछि पर्छौं ।’ भन्छिन् उनि । उसोभए अरु नायिकाले समयको माग बुझेनन् त ? उनि भनिछन्-‘ एक स्त्री,त्यसमा पनि चलचित्रको नायिका, स्वभावैले ग्ल्यामर्स हुनु जरुरी छ । कसले समयको माग बुझ्यो बुझेन भन्दा पनि मैले बुझरनुपर्छ भन्ने हो ।’
राजधानीकै जीवनशैलीमा हुर्केकी यि बिबाहित नायिका चलचित्रमा मात्र हैन, वास्तविक जिवनमा पनि छोटा लुगामै ठाँटिन रुचाउँछिन् । अहिले अरुले भन्ने गरेको ‘ग्ल्यामर्स’को दायरालाई सामान्यकरण गर्दै उनि भन्छिन्- ‘यदि त्यस्तो चलचित्र बन्छ भने हलिउड र बलिउडका नायिका जत्तिकै ग्ल्यामर्स बन्न तयार छु ।’
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत