अन्तर्राष्टिय क्रिकेट परिषद र एसियाली क्रिकेट परिषदले निर्देशन दिएको १० महिनापछि नेपाल क्रिकेट संघ क्यान ले शनिबार कार्यकारी प्रमुख अधिकृत र वित्तीय व्यवस्थापक नियुक्त गरेको छ। आजको नागरिक दैनिक लेख्छ, क्यानको शनिबार बसेको नियमित बोर्ड बैठकले भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत सिइओ र प्रकाश महर्जनलाई वित्तीय व्यस्थापकमा नियुक्त गर्ने निर्णय गरेको हो। क्यानका कार्यबाहक महासचिव उत्तम कर्माचार्यका अनुसार दुवैले कात्तिक १ बाट कार्यभार सम्हाल्ने छन्।
दुवैलाई पहिलो सम्झौतामा ६ महिनाका लागि नियुक्त गरिएको क्यानले जनाएको छ। त्यसअनुसार सिइओले ७५ हजार र वित्तीय व्यवस्थापकले ५० हजार मासिक पारिश्रमिक पाउने छन्। दुई महिनाअघि आइसिसीका प्रतिनिधिको रोहबरमा क्यानले दुई प्रमुख पदक लागि अन्तर्वार्ता लिएको थियो, जसमा सिइओको अन्तिम छनोटमा ५ जना थिए।
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत