२३ असोज, धनगढी । कैलालीमा दुईसय भन्दा बढी सरकारी शिक्षक क्याम्पस तथा प्लस टु तहको शिक्षण संस्थामा समेत पूर्णकालीन भएर काम गरिरहेको पाइएको छ ।
शिक्षा नियामावलीमा सरकारी शिक्षकले एउटा विद्यालय भन्दा बढीमा पूर्णकालिन भएर अध्यापन गराउन नपाउने ब्यवस्था छ । ठाउँठाउँमा खुलेका क्याम्पस तथा प्लस टुमा पूर्णकालिन र आंशिक समय काम गर्ने सरकारी शिक्षकको संख्या हजार भन्दा बढी रहेको शिक्षकहरुकै संघ-संगठनले जनाएको कारोबार दैनिकमा खबर छ ।
दुई ठाउँमा पूर्णकालीन भएर जागिर खाइरहेका बलिया स्रोतकेन्द्रका १२ शिक्षक बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चिम क्षेत्रीय कार्यालयमा उजुरी परेपछि त्यस्तै काम गरिरहेका सयौं शिक्षकबीच खैलाबैला मच्चिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय सम्पर्क कार्यालय कञ्चनपुरका उपसचिव विष्णुसिंह विष्टले कुनै शिक्षक दुईवटा विद्यालयमा पूर्णकालीन अध्यापन गराइरहेको भेटिए तुरुन्त कारबाहीको दायरामा ल्याइने बताए ।
दुई विद्यालयमा पूर्णकालीन अध्यापन गरेबापत कुनै शिक्षकले तलव खाएको प्रमाणित भएमा हालसम्म खाइपाइ आएको दुई मध्ये एक ठाउँको रकम असुलउपर गरिने उनले जानकारी दिए । अख्तियारमा उजुरी परेपछि दसैंको विदाकै समयमा कयौं सरकारी शिक्षक क्याम्पस तथा प्लस टु तहको पूर्णकालीन नियुक्ति रद्द गराउन दौडधुपमा लागेका छन् ।
सरकारी निमावि र प्रावि तहका शिक्षकसमेत क्याम्पसमा उपप्राध्यापक तथा सहप्राध्यापकको नियुक्ति लिएर काम गरिरहेका छन् ।f
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत