Wednesday, October 8, 2014

संविधानसभाले अल्झायो दुई माओवादी एकिकरण


काठमाडौं,असोज २३ – दसैं बिदाको मौका पारेर एकीकृत नेकपा माओवादी र नेकपा –माओवादीका शीर्ष नेताबीच पार्टी एकीकरणबारे आन्तरिक रुपमा पटकपटक गम्भीर छलफल र बहस भए पनि संविधानसभा बाहिर कि भित्रै एकता गर्ने भन्ने विषयमा मतैक्यता हुन सकेको छैन ।
पार्टी एकीकरण प्रयास गरिरहेका दुई माओवादी दलमा संविधानसभाबारे दुई धार देखिएको छ । गत आइतबार एक कार्यकर्ताको थापाथलीस्थित निवासमा भएको छलफलमा दुबै पार्टीका शीर्ष नेताले संविधानसभाबारे प्रस्ट रुपमा फरक दृष्टिकोण राखेका थिए । एमाओवादीका नेता द्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले संविधानसभाबाट संविधान बनाउने सर्तमा मात्र पार्टी एकता हुन सक्ने अडान राखेका थिए भने अन्य नेताले आवश्यकता परे बाहिरिएर पनि एकता गर्न तयार हुनुपर्ने धारणा राखेको खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत