यसअघि इवोला संक्रमिति विरामी भर्ना गरिएको म्याड्रिडस्थित ला पाज क्यारोल्स अस्पतालकी नर्समा इवोलाको संक्रमण देखिएको थियो । यसको पुष्टी समेत भइसकेको छ । पछि उनले हेरचाह गरेका दुई बिरामीमा पनि भाइरसको संक्रमण देखिएको जनाइएको छ । यसअघि अफ्रिकी मुलुकबाहिर भाइरस फैलिएको थिएन ।
चिकित्सकहरुले यसको संक्रमण थप बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् । इबोलाको संक्रमणको डरले अस्पतालहरुले विरामी भर्ना लिन समेत अस्वीकार गरेका छन् ।
स्पेनमा इबोलाको भाइरस देखिएपछि युरोपियन युनियनले थप चासो व्यक्त गरेको छ । उसले इबोला भाइरस युरोप छिर्नुको कारण खोज्ने जनाएको छ ।
इबोला संक्रमणका कारण पश्चिम अफ्रिकी मुलुकहरुमा करिब तीन हजार पाँच सय जनाको मृत्यु भइसकेको छ भने करिब सात हजार व्यक्ति यसबाट संक्रमित भएका छन् । केही समयअघि मात्र एक अमेरिकी चिकित्सकले यसको उपचार पत्ता लगाएको दावी गरे पनि उपचार सर्वसुलभ हुन सकेको छैन ।
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत