Tuesday, October 7, 2014

आठ निजी सुरक्षागार्डसहित आमिर खान नेपालमा



काठमाडौं, असोज २२– भारतीय अभिनेता आमिर खान कहिले ‘थ्री इडियट्स’ मार्फत शिक्षा सुधारको कुरा गर्छन्, कहिले ‘तारे जमिन पर’ का केटाकेटीको लेखपढमाथि जागरण ल्याउँछन् त कहिले टेलिभिजन कार्यक्रम ‘सत्वमेव जयते’ मार्फत दाबिएका सामाजिक विषयलाई राष्ट्रिय मुद्दा बनाउँछन् ।

बलिउडमा ‘मिस्टर पर्फेक्सनिस्ट’ उपमा पाएका यी अभिनेता फिल्मका लागि जति चर्चित छन्, उति नै ख्याती कमाएका छन्, सामाजिक अभियान्तका रुपमा । उनै अमिर खान राष्ट्रसंघीयबालकोष (युनिसेफ) को बालबालिका पोषणसम्बन्धी कार्यक्रमका लागि दक्षिण एसियाली सद्भावना दूत बनेको छन्, जसको औपचारिक घोषणा बिहीबार काठमाडौंबाट हुँदेछ ।
यही कार्यक्रम सिलसिलामा आमिर मंगलबार दिउँसो काठमाडौं आएका छन् । साढे एक बजेको जेट एअरवेजबाट आफ्ना आड निजी सुरक्षागार्डसहित काठमाडौं ओर्लेका उनी द्वारिकाज होटलमा बसिरहेका छन् । उनी यहाँ आएदेखि होटल परिसरभित्रै रहेको स्रोतले बतायो । नेपाल सरकार तथा युनिसेफ काठमाडौं कार्यालयको संयुक्त पहलमा तीनदिने भैमणमा आएका आमिर कपिलवस्तु जाने कार्यक्रम समेत रहेको आजको नागरिक दैनिकमा खबर छापिएको छ ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत