Tuesday, October 7, 2014

वर्षको उत्कृष्ठ चलचित्रको सुचिमा ठूली


काठमाडौं । देश भित्र वर्षको १०० को हाराहारीमा नेपाली चलचित्रहरुको निर्माण हुने गरेको छ । जसमध्ये एकाध चलचित्रहरु मात्र दर्शक प्रिय हुन पुगेको पाइन्छ ।
त्यस्तै २०७१ को प्रारम्भ देखि वर्षको आधाआधी सम्म आइपुग्दा हाल सम्म प्रर्दशनमा आएको चलचित्रहरु मध्ये कोहीनुर र ठूलीले भने सफलता पाउन सकेको छ । २०७० सालमा प्रर्दशनमा आएका नेपाली चलचित्रहरु समाजिक तथा ऐतिहासिक चलचित्र झोला र पारिवारीक कथावस्तुमा आधारित चलचित्र नाइ नभन्नु ल–२ ले अत्यधिक सफलता प्राप्त गर्न सकेको थियो । यो सफलता सम्पुर्ण नेपाली चलचित्र प्रति सद्भाव राख्नेहरु कै निमित्त शुभसमाचार बन्न पुग्यो ।
त्यस्तै यो वर्ष प्रर्दशनमा आएको चलचित्र मध्ये नेपाली समाजिक परिवेशको नेपाली कथानक चलचित्र ठूलीले निकै नै चर्चा बटुल्न सफल रह्यो । तथापि चलचित्र कोहिनुरले भने अनपेक्षित ब्यावसायिक सफलता प्राप्त गर्न सक्यो ।
नेपाली कथानक तथा नारी प्रधान चलचित्र ठूलीले बढी भन्दा बढी चर्चा बटुल्न सक्नुमा खास गरी पश्चिम नेपालमा विद्यमान बादी समुदायले हाल सम्म पनि भोग्नु परेको आर्थिक, समाजिक तथा पारिवारीक समस्याहरुको कथा वस्तुका साथै यस चलचित्रको म त मर्छु की क्या हो ठूली बोलको गीत प्राथमिक विद्यालयको कार्यक्रमहरु देखि तारे होटलहरुका ग्राहकहरु समेतको रोजाइमा पर्नु हो । त्यस्तै यस चलचित्रका निर्देशक एभरेष्ट सुर्य बोहरा अमेरिकाको सानसौर्कतलाई तिलान्जली दिदै देशको कलासंस्कृतिको संरक्षण र संबर्धनमा होमिनु लाई पनि मान्नु पर्दछ ।
त्यस्तै चलचित्र कोहिनुरले ब्यावसायिक सफलता प्राप्त गर्न सक्नुमा चलचित्रका नायक तथा निर्माता श्रीकृष्ण श्रेष्ठको असामयिक मृत्यु र त्यस प्रति श्रद्धान्जली स्वरुप नेपाली चलचित्रका दर्शकहरुले अपार माया प्रकट गरे भने नेपालबाट भारतका विभिन्न स्थानहरुमा बेचविखनमा परेका नेपाली चेलीहरुको संवेदनशिल कथावस्तुमा आधारित भएको कारण पनि थप चलचित्रलाई सफलता मिल्न गएको भन्नेमा विविध मत हुन सक्दछ ।
अन्ततः चलचित्र कोहिनुरले लगभग दर्जन चलचित्रगृहहरुमा ५१ दिन प्रर्दशन भएवापत सफलताको उत्सव मनाउन सकेको छ भने चलचित्र ठूलीले भने देशका विभिन्न हलहरुमा अपार सफलताका साथै राजधानीका गोपीकृष्ण र गुण सिनेमा हलहरुमा लगातार ५१ दिनको सफल प्रर्दशन पश्चात सफलताको उत्सव मनाउने तरखर गरिरहेको छ ।
जे होस् वर्ष दिनको आधाको हाराहारीमा चलचित्रहरुको प्रर्दशन हुनेक्रम बाकी रहदाको अवस्थामा पनि नेपाली चलचित्रहरु कोहिनुर र ठूलीले समेत ५१ दिनको सफलता सगै उत्सव मनाउन सक्नु एकातर्फ नेपाली चलचित्रका निर्माताहरुलाई हौसल्ला बढ्न जानेछ भने अर्को तर्फ चुनौतीको समेत सामना गर्नु पर्ने अवस्था समेतको सृजना भएको देखिन्छ ।
.ratopati

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत