Tuesday, October 7, 2014

पाँच दिनमै सय करोड कमायो ‘ब्याङ ब्याङ’ ले


काठमाडौं, असोज २१ – ऋतिक रोशन र कट्रिना कैफ अभिनित चलचित्र ‘ ब्याङ ब्याङ’ले मात्र पाँच दिनमा १ सय करोडभन्दा माथि गत विहिबार ( २ अक्टोबर) का दिन रिलिज भएको ब्याङ ब्याङले सोमबारसम्म १०७ करोडभन्दा माथि कमाई गरिरसकेको छ ।

यही सँगै यो चलचित्र बलिवुडमा सबैभन्दा चाँडो १ सय करोड कमाउने पाँचौं चलचित्र पनि बनेको छ ।

ब्याङ ब्याङ यो वर्ष १ सय करोडको आंकडा पार गर्ने सातौं चलचित्र हो । यसअघि किक, सिंघम रिटन्र्स, होलिडे, एक भिलेन, जय हो र टु स्टेटले पनि १ सय करोड रुपैयाँभन्दा बढी कमाएको थियो ।

ब्याङ ब्याङले पहिलो दिन बक्स अफिसमा २७.५४, दोस्रो दिन २४.०८, तेस्रो दिन २०.०१, चौंथो दिन २२.४१ र सोमबार लगभग १४ करोडको व्यापार गरेको थियो ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत