Tuesday, October 14, 2014
प्रचण्डले भने-तीन दिनमा सहमति होला जस्तो छैन कांग्रेस र एमाले बिगतको आफ्नै अडानबाट पछि हटेको आरोप
२८ असोज, काठमाडौं । एनेकपा माओवादीका अध्यक्ष तथा उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक प्रचण्डले तीन दिनभित्र दलहरुबीच सहमति होला जस्तो आफूलाई लाग्न छाडेको बताएका छन् ।
आफ्नै निवास लाजिम्पाटमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले कांग्रेस र एमाले बिगतका सहमतिबाट पनि पछि हटेकाले सहमतिको सम्भावना कम हुदै गएको दावी गरे ।
‘कांग्रेस र एमाले शासकीय स्वरुप, राज्य पुनसंरचना र निर्वाचन प्रणालीका विषयमा बिगतको आफ्नै अडान र सहमतिबाट पनि पछि हटेको महशुस भइरहेको छ’ प्रचण्डले भने ‘तीन दिनभित्र सहमति होला जस्तो लाग्दैन ।’
सहमति नजिकिनुको साटो झन् टाढिदै गएको बताउदै उनले तर पनि आफूले सहमतिको आशा मारिनसकेको स्पष्ट पारे । उनले यदि तीन दिन भित्र सहमति नभए कार्यतालिका संशोधन हुने र फेरि सहमतिको प्रयास गरिने बताए ।
उच्चस्तरीय संयन्त्रको संयोजक आफू भएपछि २२ दलीय मोर्चाको आन्दोलनले अन्तरविरोध नल्याएको दावी प्रचण्डले गरे । मोर्चा बिचार मिल्ने दलहरुको बीचमा भएको भन्दै त्यसले संयन्त्रमा असर नपार्ने दावी प्रचण्डको छ ।
तर कांग्रेस र एमालेले मोर्चाको आन्दोलन नरोकिए आफूहरु संयन्त्रमा नबस्ने चेतावनी दिन थालेका छन् ।
उनले एमाओवादी सहमतिका लागि लचिलो भएको भन्दै शासकीय स्वरुपमा बिगतमा एमालेले भने जस्तो फ्रेन्च मोडलमा आउन सकिने बताए ।
Labels:
विचार र राजनीति
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत