सुनसरी, कार्तिक २ – सुनसरीको धरान १३ स्थित चौतारी रेष्टुरेन्ट एण्ड बार भित्रबाट तास खेलिरहेको अवस्थामा प्रहरीले संघिय समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य भिम राइसहित ९ जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानबाट गएको प्रहरीको टोलीले तासको खालबाट तीन बुङ ताससहित ६२ हजार नगद बरामद गरेको प्रहरीले जनाएको छ ।
स्थानीयको सुचना र विशेष सुराकीको आधारमा छापा मार्ने क्रममा समाजवादीका नेतासहित नौ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी संजयसिंह थापाले रातोपाटीलाई बताए ।
पक्राउ पर्ने अन्यमा सुनसरी धरान १५ का तुलाराम राई, मानभगत राई, इन्द्र राई, नयन राई, पदम गुरुङ्ग, धरान १६ का नारायण राई, मानध्वज राई , धरान ११ का देवान किराती र धरान १८ का संघिय समाजवादी पार्टी नेपालका केन्द्रिय नेता भिम राई रहेको प्रहरीले जनाएको छ ।
चाडबाडको बेला प्रतिवन्ध लगाइएको जुवाजन्य खेलहरु खेलेको अभियोगमा समातिएका सबैजनलाई जुवा ऐन अन्र्तगत मुद्दा दर्ता गरिने इलाका प्रहरी कार्यालय धरानका डिएसपी थापाले बताए ।
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत