
नेपाली चलचित्र उद्योगमा मोडल तथा नायिका बन्दा भोग्नु पर्ने पीडा हेर्नको लागि 'टाइगर द रियल हिरो' अवश्य हेर्नु पर्ने भएको छ । चलचित्र 'टाइगर द रियल हिरो' समाजमा हुने वास्तविक घटनालाई चलचित्र मार्फत देखाउन खोजिएको छ । एउटा गाँउकी सोझी केटी गाँउबाट हिरोनी बन्ने सपना बोकेर सहर पस्दा भाग्नु परेको कथालाई चलचित्र मार्फत पर्दामा देखाउन खोजिएको छ । अहिलेको समाजमा देखिएका वास्तविक घटना नायिका हुन होस् या मोडलिङ गर्न आउँदा त्यति सजिलो छैन ।

त्यसको लागि केटीले आफ्नो करियर बनाउन सबै कुराको बलिदान दिन समेत पछाडि नपरेको यो अवस्थामा नायिका हुनु भन्दा अघि भएको सेक्सका भिडियो समेत बजारमा निकाल्ने भन्दै विभिन्न बहानामा कसरी अरुले ब्ल्याक मेल गरिन्छ, यस्तै सत्य कथालाई उठान गरिएको छ । 'टाइगर द रियल हिरो' को फाइनल रिलिज माघ १६ मा हुने निर्देशक राजु गिरीले जानकारी दिनुभयो । यसअघि नै फिल्म रिलिज गरिने भनिए पनि विभिन्न कारण रिलिज मिति सारिएको थियो । काठमाडौं र नेपालगञ्जमा च्यारेटी सो गरी आम दर्शकबाट राम्रो प्रतिकृया संगालेको उक्त फिल्मका निर्देशक गिरी यस चलचित्रलाई दर्शकले मन पराउनेमा निकै आशावादी देखिएका छन् । शुभेच्छा इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्ममा शुभेच्छा थापा, सुशान्त कार्की, अशोक फुयाँल, समीक्षा अर्याल लगायतको अभिनय रहेको छ । रिलिज मितिको घोषणासँगै निर्माण युनिटले फिल्म 'टाइगर द रियल हिरो' को प्रचारप्रसारमा लागेको छ । -

No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत