
ऐश्वर्य राय बच्चन र सन्नी लियोनको टाढाटाढा सम्म कुनै सम्बन्ध रहेको छैन । सन्नी लियोनको नाम ऐश्वर्यसँग यसकारण जोडिदै छ कि कुनै समय ‘डोली तारो डोल बाजे’ गीतमा नाचेकी ऐश्वर्यको गीतमा अब सन्नीले सेक्सी डान्स गर्ने भएकी छिन् । उक्त गीत फिल्म ‘हम दिल दे चुके सनम’ को हो ।
सन्नी लियोनले बनिरहेको फिल्म ‘लिला’ को लागि यस गीतमा नाच्न लागेकी हुन् । यस गीतलाई पुन रेकडिङ गर्ने र नयाँ गायकले स्वरमा गाइने बताइएको छ । लीलाको निर्माण प्रसिद्ध कोरियोग्राफर अहमद खानका भाइ बबी खानले गरेका हुन् । ऐश्वर्यले निकै बेजोड नृत्य दिएको उक्त गीतमा सन्नीले कत्तिको न्याय गर्न सक्छिन् त्यो हेर्न केही समय कुर्नपर्नेछ ।
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत