Saturday, October 18, 2014
“सरी ल”को पत्रकार भेटघाट
नेपाली कथानक चलचित्र “सरी ल”को कार्तिक २१ गते देशभरी प्रर्दशन हुने भएको छ । शुक्रबार राजधानीमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै निर्देशक लामिछानेले जानकारी दिनु भएको छ । त्रिकोणात्मक प्रेम कथामा आधारित यस चलचित्रमा सुवास थापा, राजन खतिवडा, आरती आर्चाय, रोशन महर्जन लगायतका कलाकारहरुले अभिनय प्रस्तुत गरेका छन । प्रेस भेटघाटमा बोल्दै निर्देशक लामिछानेले भन्नु भयो “चलचित्रलाई जति सक्दो आकर्षक बनाउनका लागि हामीले नाट्य कलाकारहरुलाई समेत संलग्न गराएका छौं ।
प्रेम कथामा आधारित भइकन पनि गल्ति गर्नेहरुले महसुस नगर्ने र महसुस गरेकाहरुले समेत ब्यक्त नगर्ने सामान्य घटनाबाट उब्जीएको अप्रत्याशित परिणाम चलचित्रमा देखाइएको छ । खास गरी हिजोआजको समयमा समाजिक संजाल फेस बुक चलाउनेहरुले हेर्नु पर्ने चलचित्र बनेको छ ।” चलचित्र वर्ष दिन अघिनै प्रर्दशनमा आउनु पर्ने भएतापनि प्रोष्ड प्रोडक्सनमा आएको प्राविधिक कारणले चलचित्रलाई ढिलो प्रर्दशन गर्नु परेको निर्माता कृष्ण बहादुर महर्जनले बताउनु भएको । कार्यक्रममा नायकद्धय सुवास थापा र राजन खतिवडालगायतकाको उपस्थिीती रहेको थियो ।
Labels:
फिल्मी खबर
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत