काठमाडौं । सम्भोगका लागि सबैभन्दा राम्रो तिथि कुन होला ? बेलायतमा गरिएको एक अध्ययनले १९ जुलाईलाई सहवासका लागि सबैभन्दा उत्तम दिन रहेको देखाएको छ ।
अध्ययन अनुसार गएको १९ जुलाई अझ यो दशककै उत्कृष्ट दिनका रुपमा रह्यो । गएको १९ जुलाईमा बेलायतीले सबैभन्दा बढी सम्भोग गरेको खुलासासमेत भएको छ । महिना, गते र बारको मिलनका कारण पनि त्यस्तो भएको बताइएको छ ।
तीन हजार बेलायतीमा यस्तो अध्ययन गरिएको थियो । त्यसमा मानिसको शयनकक्षको आनीबानी तथा सहवासका विषय खोतलिएको थियो । सेक्स टोय कम्पनी लभ हनीद्वारा गरिएको सर्भेक्षणका अनुसार उसै पनि बेलायतीले शनिबार सहवास गर्न सबैभन्दा बढी रुचाउँछन् । अझ गएको १९ जुलाई शनिबार विशेष रह्यो । महिनाको तेस्रो शनिबार, १९औँ दिन तथा जुलाई महिना सबै बेलायतीका लागि प्रिय तिथि हुन् ।
सर्भेक्षणमा सहभागीमध्ये ४४ प्रतिशतले सहवासका लागि शनिबार सबैभन्दा उत्तम दिन रहेको बताएका थिए । अध्ययनले उक्त दिन बेलुका ७ बजेर ३७ मिनेटको समयमा सबैभन्दा बढी सम्भोगजन्य कार्य भएकोसमेत देखाएको छ ।
- एजेन्सी


No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत