विगतमा पूर्वयुवराज पारसलाई दुख पर्दा साथ दिने तथा रकमको खाँचो पर्दा सहयोग गर्ने पूर्वराजपरिवारका आफन्त लागूऔषधसहित पक्राउ पर्दा भने कोही पनि थाइल्याण्ड गएका छैनन । गएको बुधबार थाइल्याण्ड र लाओस सिमानाको लुङखाइमा पक्राउ परेका पारस स्थानीय प्रहरी हिरासतमा छन् ।
पारसलाई आपत्ति पर्दा सहयोग गर्ने धीरेन्द्रपुत्री दिलासा, शीताष्मा र पूजा शाही तथा नातेदार राजीव शाही निर्मल निवासमै छन् । तर पारसलाइ छुटाउन हुन्डीमार्फत ७ लाख भाट थाइल्याण्ड पठाइएको छ । पारसलाई आज अदालतमा पेस गरिने आजको नेपाल समाचारपत्रले समाचार लेखेको छ ।
त्यस्तै आजको नयाँ पत्रिका दैनिक लेख्छ पारस पक्राउ घटनामा उनकी थाई प्रेमिका कनिका चान्साइको भूमिका शंकास्पद देखिएको छ । आर्थिक लाभ लिने उद्धेश्यले उनले पारसलाई योजनाबद्ध रुपमा फसाएको अनुमान गरिएको छ ।
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत