आमिर खान नेपाल आएर फर्केको साता नबित्दै अर्का बलिउड अभिनेता जीतेन्द्र काठमाडौं आएका छन्। जीतेन्द्र आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेका थिए। आजको नागरिक दैनिकमा समाचार छ।
उनका साथमा पत्नी शोभा कपुर पनि काठमाडौं आएकी छन्। उनीहरु व्यक्तिगत भ्रमणका सिलसिलामा नेपाल आएको स्रोतले बतायो। जोडी करिब एक हप्ता नेपालमा रहनेछन्। एअरपोर्टमा सञ्चारकर्मीसँग कुरा गर्दै
जीतेन्द्रले आफू चौथोपटक नेपाल आएको जानकारी गराए। जितेन्द्र पत्नी शोभाको भने यो दोस्रो नेपाल भ्रमण हो। शोभा जीतेन्द्रसँग हनिमुन मनाउन नेपाल आएकी थिइन्।
घुमघामको उद्देश्यले आएका जीतेन्द्र दम्पती विमानस्थलबाट सिधै बौद्धस्थित हायात होटल लागेका थिए। पत्नी शोभा सञ्चारकर्मीसामु देखा नपरी हायात लागेकी थिइन् भने जीतेन्द्र चाहिँ सञ्चारकर्मीसँग छोटो समय बिताई होटलकै गाडी चढी हायात लागेका थिए।
भ्रमणका दौरानमा जीतेन्द्र दम्पतीले पोखरा र राजधानीका मन्दिरमा गई दर्शन गर्ने योजना रहेको बताइएको छ।
रवि कपुरको रुपमा अमृतसर पन्जाबमा जन्मिएका जीतेन्द्रले सन् १९५९ मा नवरङु मार्फत् अभिनय यात्रा थालेका थिए। फिल्म निर्देशक भी शान्तारामको निर्देशनमा बनेको फिल्मुगीत गाया पत्थरों ने उनको पहिलो हिट फिल्म थियो। त्यसपछि करिब २ सयवटा फिल्ममा अभिनय गरेका जीतेन्द्रका हिम्मतवालाु रोटीु, धरमवीरु, मवालीु जस्ता फिल्म चर्चित मानिन्छन्
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत