जिल्ला प्रशासन कार्यालयमा आयोजित बैठकमा सुरक्षा निकाय र पत्रकारबीच दुई पक्षीय छलफल भई तीनबुँदे सहमति भएको बताइएको छ ।
छलफलमा तीनबुँदे सहमतिअन्तर्गत स्थानीय एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी लगिरहेको फोटो खिच्दा पत्रकार यादवलाई भएको दुव्र्यवहार एवम् क्यामेरा क्षतिग्रत भएको घटनाप्रति दुःख व्यक्त गर्दै सातदिनभित्र घटनाको छानबिन गरी दोषी प्रहरी पत्ता लगाई कारबाही गर्ने र सोको लिखित जानकारी पत्रकार महासङ्घलाई गराउने, पीडित पत्रकार यादवको क्यामेरा क्षतिग्रस्त भएकाले पूर्ववत् अवस्थामा उपलब्ध गराउने तथा आमसञ्चारकर्मीको सुरक्षा, समाचार सङ्कलन घटनाको कुनै तस्बिर खिच्ने विषयमा कुनै बाधा अवरोध नपुर्याउने सहमति भएको हो ।
सुरक्षा प्रत्याभूति दिलाउन जिल्ला प्रहरी कार्यालय सप्तरीको मातहतमा रहेका सबै एकाइ र प्रहरीलाई तत्कालै निर्देशन दिनेलगायतका विषयमा पनि छलफल भएको थियो ।
सहमतिमा पत्रकार टोलीको नेतृत्व गरेका पत्रकार महासङ्घ सप्तरीका अध्यक्ष प्रकाश खतिवडा र सुरक्षा निकायको तर्फबाट सप्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले हस्ताक्षर गरेको बताइएको छ । तीन दिन अगाडि पत्रकार यादवमाथि प्रहरीले कुटपिट गर्नुका साथै क्यामेरा खोसेको थियो । रासस
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत