२५ असोज, काठमाडौं । एकीकृत नेकपा माओवादीका प्रवक्ता दीनानाथ शर्माले राष्ट्रपति डा. रामवरण यादवलाई जथाभावी नबोली चुप लागेर बस्न आग्रह गरेका छन् ।
‘उहाँ प्रथम राष्ट्रपति हुनुहुन्छ, हामी उहाँलाई सम्मान गछौर्ं’ प्रवक्ता शर्माले शनिबार पार्टी मुख्यालयमा आयोजित नियमित पत्रकार भेटघाटमा भने, ‘तर उहाँजस्तो संवैधानिक जिम्मेवारीमा रहेको मान्छेले यति प्रदेश बनाऊ र उति प्रदेश बनाऊ भनेर जथाभावी बोल्न मिल्दैन ।’
केही दिनअघि राष्ट्रपति यादवले देशले घेरै प्रदेशहरु धान्न नसक्ने भन्दै थोरै प्रदेश बनाउनुपर्ने सार्वजनिक अभिव्यक्ति दिएपछि त्यसको प्रतिक्रियामा शर्माले राष्ट्रपतिको आलोचना गरेका हुन् ।
सत्ताको खेलले संविधान बन्दैन
एमाओवादी प्रवक्त शर्माले विगतमा जस्तै सत्ताको मात्र खेल भइरहँदा संविधान निर्माणको कार्य प्रभावित हुने बताएका छन् । पत्रकार सम्मेलनमा शर्माले भने-‘अहिले सुशील कोइरालाको विकल्प सोच्नतिर लागियो भने सरकारमा को जाने र मन्त्री को बन्ने भन्ने कुराले नै समय बित्छ र तोकिएको मितिमा संविधान बन्दैन ।’
शर्माले भने- ‘संघीयतासहितको संविधान नभई त्यो संविधान नै हुँदैन ।’
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत