Wednesday, October 15, 2014

अन्नपूर्ण राउन्डमा ३१२ पर्यटक बेपत्ता


अहिलेसम्म मृत्यु हुनेको संख्या २४

       लमजुङ– लगातारको हिमपहिरोका कारण विश्वविख्यात अन्नपूर्ण चक्रीय (राउन्ड) पदमार्गमा आएका ३ सय १२ विदेशी पर्यटक हराइरहेका छन् । सोमबारबाट पदमार्गमा निस्किएका कुल ५ सय ५६ पर्यटकमध्ये थोराङपास हुँदै २ सय ४४ पर्यटकमात्र सकुशल मुक्तिनाथ पुगेको मुस्ताङ प्रशासनले जनाएको छ ।
अहिलेसम्म मनाङ र मुस्ताङको सिमानामा गएको हिमपहिरोमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ । मनाङ सदरमुकाम चामे हुँदै थोराङपास गएका बेला एक्कासि आएको हिमपहिरोले १२ नेपालीसहित २४ पर्यटकको ज्यान लिएको हो ।
थोराङपास क्षेत्रमा १६ र मनाङको काङ्लापासमा ८ जनाको मृत्यु भएको प्रशासनले जनाएको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले थोराङपासमा ९ नेपालीसहित १६ जनाको शव भेटिएको बताए । मनाङको नार गाविसमा चौरी चराउन गएका ३ स्थानीय तथा फू गाविसको काङलापासमा ट्रेकिङ गएका ५ पर्यटकको पनि ज्यान गएको मनाङका प्रजिअ देवेन्द्र लामिछानेले जानकारी दिए । त्यहाँबाट ४ जनाको उद्धार गरिएको छ ।
अहिले पनि हिमपात भइरहेकाले उनीहरुको उद्धार गर्न नसकिएको लामिछानेले बताए र पर्यटक हिउँमा पसेको सूचना पाएपछि जोमसोमस्थित नेपाली सेनाको टोलीले थोराङपासबाट केहीको उद्धार गरेको थियो । घटनास्थल समुन्द्री सतहबाट ४ हजार १ सय मिटर उचाइमा छ । आजको कारोबार पत्रिकामा छविलाल बगालेको बाइलाइनमा छापिएको छ ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत