बेलायतको बरमिनघम विद्यालयमा रसायनशास्त्रको कक्षामा उक्त पुरस्कार प्राप्त गरेको समाचार सुनेकी सत्र वर्षीया यी शिक्षाका कार्यकर्ताले पटकपटक युद्धमा गएका भारत तथा पाकिस्तानका प्रधानमन्त्रीलाई डिसेम्बर महिनामा ओस्लोमा आयोजना हुने पुरस्कार वितरण समारोहमा सहभागिताका लागि आमन्त्रण गरेकी छिन् । यस समारोहमा उनले भारतका ६० वर्षीय कार्यकर्तासँगै पुरस्कार प्राप्त गर्नेछिन् ।
मलालाले पुरस्कार प्राप्त भएको समाचारपछि पनि कक्षा छोडिनन् र कक्षापछि आयोजित एक पत्रकार सम्मेलनमा उनले यो पुरस्कार सबै आवाजहीन बालिकाका लागि भएको र र उनीहरूको आवाज सुन्नु आवश्यक भएको बताइन् ।
सन् २०१२ मा पाकिस्तानको स्वात उपत्यकामा उनको घरनजिकै तालिवानले टाउकोमा गोली हानेपछि उपचारका लागि बेलायतमा ल्याइएकी मलाला हाल यहाँ बसोबास गर्छिन् । यहाँ उनी विद्यालय जान्छिन् र बालिकाको शिक्षाका लागि वकालत गर्छिन् ।
कम उमेरका व्यक्तिले नोबेल पुरस्कार प्राप्त गरेकोमा उनी प्रमुख समाचारका विषय बनेकी छिन् यसैबीच भारत तथा पाकिस्तानबीच विवादको विषय बनेको कश्मीरमा यस दशकमा सबैभन्दा नराम्रो हिंसाबीच १७ व्यक्तिको मृत्युभएको कुरा पनि मुख्य समाचारको विषय बनेको छ ।
उनले सहविजेता तथा बालश्रमविरुद्धका कार्यकर्ता सत्यार्थीप्रति श्रद्धा व्यक्त गर्दै यस महत्वपूर्ण समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा पाकिस्तानी समकक्षीलाई आफूहरूको विजय उत्सव मनाउन कार्यक्रममा सहभागी हुन आमन्त्रण गरिन् ।
नर्वेको नोबेल समितिले उनीहरूले बाल तथा युवाको दमनविरुद्ध तथा बालकको शिक्षाको अधिकारका लागि गरेको सङ्घर्षका लागि यो पुरस्कार प्रदान गर्न छनौट गरिएको जानकारी दिएको छ ।
पुरस्कार समितिले मलाला बाहदुरीपूर्वक सङ्घर्षबाट बालिकाको शिक्षाका लागि प्रमुख प्रवक्ता बनेको उल्लेख गरेको छ ।
पत्रकार सम्मेलनका लागि मञ्चमा पुग्न एउटा बाकसको सहारा लिएकी यी नवयुवाले नोबेलले आफ्नो परीक्षामा तथा दुई साना भाइसँग विवाद गर्न सहयोग नगर्ने बताइन् । उनले आफ्नो पखेटा नबाँधिदिएकोमा आफ्ना बाबुप्रति पनि भावपूर्ण श्रद्धा व्यक्त गरिन् ।
मलालाले सम्मानित पुरस्कार प्राप्त गरेकोमा उनको गृहनगर मिङ्गोरामा नाचगान तथा मिठाइ बितरण गरी खुसी मनाइएको छ ।
मलालासँगै विद्यालयमा पढ्ने आयासा खालिदले यो पुरस्कार मलालाले मात्र जितेको नभइ पाकिस्तानले जितेको र मलाला आफूहरूको आँखाको प्रकाश तथा मुटुको आवाज भएको बताइन् ।
उनले मलालाले विद्यालयलाइ विस्फोट गराएर शिक्षा बन्द गर्न सकिन्न भन्ने प्रमाणित गरिदिएको पनि उल्लेख गरिन् ।
मृत्युसँग सङ्घर्षपछि मलाला अन्तर्राष्ट्रिय तारा बनेकी छिन् । सन् २०१३ को जुलाइमा संयुक्त राष्ट्र सङ्घको महासभामा सबैले उठेर उनीप्रति सम्मान व्यक्त गरेपछि उनले आफूलाई कहिल्यै चुप लगाउन नसकिने बताइन् ।
उनी यसै महिना क्यानडा जाने र त्यहाँको मानार्थ नागरिक बन्ने प्रधानमन्त्री स्टिफन हार्परले बताए । उक्त जानकारी नोबेल पुरस्कार घोषणा भएपछि दिइएको हो ।
मलालालाई क्यानडाले एक वर्ष अगाडि मानार्थ नागरिकको सम्मान दिएको हो र अक्टोबर २२ मा उनले उक्त नागरिकता प्राप्त गर्नुहुने जानकारी प्रधानमन्त्री हार्परले दिए ।
यसअघि दलाइ लामा, नेल्सन मन्डेला र आङ सान सु की पनि यस मुलुकको मानार्थ नागरिक बनेका छन् ।
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत