Saturday, October 11, 2014

सरकारले २५ हजार स्थायी शिक्षक नियुक्ति गर्न कानुनी प्रक्रिया अघि बढाएको छ

काठमाडौं,असोज २६ – 
             सरकारले सामुदायिक विद्यालयमा २५ हजार स्थायी शिक्षक नियुक्ति गर्न कानुनी प्रक्रिया अघि बढाएको छ । लामो समयदेखि अस्थायी शिक्षक संख्या बढी भएको र रिक्त स्थानमा नियुक्ति गर्न एकैपटक २५ हजारको संख्यामा स्थायी गर्ने तयारी शिक्षा मन्त्रालयले गरेको हो । अस्थायी शिक्षकका लागि १५ हजार र खुला प्रतिस्पर्धातर्फ १० हजारको संख्यामा स्थायी विज्ञापन खुला गर्न मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छ । शिक्षक सेवा आयोगले २०६९ सालमा शिक्षक सेवा आयोग नियमावलीमा भएको सातौं संशोधनपछि ११ वैशाख २०६३ पछि रिक्त पदका लागि १० हजार खुला र १५ हजार आन्तरिक प्रतिस्पर्धाका आधारमा विज्ञापन खुला गर्न मन्त्रालयले आठौं शिक्षा ऐन संशोधन समावेश गरेको सहसचिव डा. हरि लम्सालले जानकारी दिए । उनका अनुसार शिक्षकका विभिन्न पेसागत संस्थागत भएको छलफलमा एक पटकका लागि अस्थायी शिक्षकलाई स्थायी हुन आन्तरिक प्रतिस्पर्धा गर्दै २०६३ अघिका अस्थायीले मात्र भाग लिन पाउने व्यवस्था कानुनी रुपमा गर्न लागिएको हो । सामुदायिक विद्यालयमा झन्डै २५ हजारभन्दा बढी स्थायी शिक्षक तत्कालका लागि तीनै तहमा आवश्यक पर्नेछ । विज्ञापन एकै पटक खुला गर्न ऐनमै संशोधन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।आजको राजधानी दैनिकमा खबर छ ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत