Monday, October 6, 2014

कण्डम लामो बनाउन सरकारको जरुरी उर्दी



आफ्नो देशका पुरुषहरुका लागि बजारमा उपलब्ध कण्डम छोटो भएपछि सरकारले ठूलो आकारका कण्डम उत्पादन गर्न उत्पादकहरुलाई जरुरी उर्दी जारी गर्नुपरेको छ ।

दर्जनौँ युवाहरुले बजारमा उपलब्ध कण्डमहरु आफ्नो लिंगका लागि निकै छोटो भएको भन्दै सांसदहरुसँग गुनासो गरेपछि सरकारले यस्तो कदम चालेको हो ।

यो हाम्रो देशको समाचार भने होइन, यो युगाण्डाको खबर हो ।

कण्डमको आकार सानो हुँदा सम्भोगका बेला दबाब बढ्ने र कण्डम फुट्ने गरेको गुनासो युवाहरुमा रहेको छ ।

युगाण्डामा एचआइभीका कारण वर्षेनी ८० हजार जनाले ज्यान गुमाउँछन् । एचआइभी बाट बचावटको लागि प्रयोग गर्ने कण्डम समेत निकै छोटो भएपछि युवाहरुल्े आफुहरु मर्कामा परेको र एड्सको जोखिम बढेको गुनासो गरेका थिए ।

सांसद मिरार्ड बितेकेरेजोका अनुसार कतिपय युवाले आफ्नो यौनांगमा कण्डम नै नछिर्ने गुनासो गरेका छन् । अर्का सांसद टोम अजाका अनुसार केही युवामा भने सम्भोगका बेला बढि दबाब पर्ने र कण्डम फुट्ने समस्या छ ।

विश्वमा बन्ने कण्डमहरुको औषत आकार ६.९ देखि ८.५ इन्च हुन्छ । सबैभन्दा ठूलो आकारको कण्डम भने ९.२५ इन्चसम्म हुने गरेको छ ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत