२१ असोज, काठमाडौ । व्यक्तिको मानवअधिकारलाई ध्यानमा राखेर प्रहरी प्रधान कार्यालयले पक्राउ परेका अभियुक्तलाई अनुहार छोपेर मात्रै सार्वजनिक गर्ने तयारी गरेको छ ।
अदालतले दोषी करार नगर्दासम्म अभियुक्तको अनुहार सार्वजनिक गर्दा उसको मानवअधिकार हनन् हुने निष्कर्ष निकाल्दै मुख्यालयले यस्तो तयारी गरेको हो । अहिले प्रहरीले अभियुक्त पक्राउ गरेपछि अनुहारसँगै छातीमा अपराधको कसुरसहितको नेम्प्लेट टाँसेर सार्वजनिक गर्दै आएको अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रहरी मुख्यालयले अधिकारकर्मी, नागरिक समाज, न्यायाधीशलगायत सरोकारवाला पक्षसँग परामर्श गरी अभियुक्तको अनुहार सार्वजनिक नगर्ने तयारी गरेको हो । छिमेकी मुलुक भारतमा समेत प्रहरीले अनुहार पुरै छोपेर अभियुक्तलाई सार्वजनिक गर्ने हुँदा नेपाल प्रहरीले पनि यो नीति अबलम्बन गर्न लागेको हो ।
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत