Thursday, October 16, 2014

छोरी बहिनिको दर्जामा राखिदिनुहुनेछ भन्ने कुरामा म बिस्वस्त छु Sweta Khadka



आफ्नो जन्म घरबाट अलग्गिएर अर्को नया घरमा कर्म बनाउन जाने नेपाली नारीहरुको पहिचान हो / म पनि आफ्नो पति प्रमेश्वोरको पछि लागेर आफ्नो नया जिन्दगी बसाल्न अनेकौं सपनाहरु बुनेर नया घरमा कर्म बसाल्न पुगे / एउटा नारीले आफ्नो प्रांड भन्दा प्यारो आफ्नो मुटु , आफ्नो भगवान , आफ्नो स्वामी गुमाउनु पर्दा आफुले जिदगीमा सर्वश्वो गुमाएको अनुभुती हुनेरहेछ र आँफु जिउँदो भएपनि मरेको लाश सरह बाँच्नु पर्दो रहेछ / आफ्नो श्रीमान गुमाएको पिडा केवल नारीलाई मात्रै नभएर त्यो घरको सारा परिवार - दाजु , भाई , आमा ... अन्य सदस्यहरुमा पनि खपि नसक्नु हुन्छ / तरपनि आज म छट्पटाउदा मलाई उहाँहरुले आफ्नो पिडा सबै लुकाएर मलाई समाल्न शक्ति प्रदान गर्नु भएकोमा म आभारी बनेकी छु / यो यथार्थ थियो होला कि मैले उहाँहरुका कतिपय कुराहरु नकारे होला ,
कतिपय अवस्थामा उहाँहरुलाई घमण्ड जिद्दी गरे होला , तर पनि उहाँहरुले मलाई कहिलेई मेरो कमजोरी नदेखाई , मलाई आफ्नो जन्म घर छोडेर पराई घर आएको महसुश हुन दिनु भएन / मलाई सधै आफ्नै छोरी , बहिनि सम्झेर उहाँहरुले गरेको मायाँ र साथलाई म मेरो खुल्ला हृदयबाट तारिफ गर्न चाहन्छु / म बाट बितेका दिनहरुमा मैले अन्जानमा कसैको मन दुखाएको भए यहि सन्देश मार्फत माफि माग्न पनि चाहन्छु / हजुरहरुको मायाँ र साथलाई म मेरो भित्रि मन देखि धन्यबाद ग्यापन गर्छु र म पनि हजुरहरुले मलाई सम्झे जसरी हजुरको असल छोरी बहिनि भएर हजुरहरुको इज्ज़त राखेर अगाडी बढ्ने प्रयाश गर्दछु / आउने दिनहरुमा म बाट केहि गल्तिहरु हुन पुगेमा हजुरहरुले मलाई सुधार्ने मौका दिनुहुनेछ र मलाई सधै आफ्नै छोरी बहिनिको दर्जामा राखिदिनुहुनेछ भन्ने कुरामा म बिस्वस्त छु /


No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत