नेपाली फिल्म नगरीमा छोटो समयमा बेग्लै पहिचान बनाउन
सफल खल नायक हुन् भानु प्रताप।
चलचित्र वन वे को रिलिज
लगतै उनको अर्को फिल्म सलोन फिल्म्सको प्रस्तुति सोवित बस्नेत द्वारा निर्देसित टिचर को पनि हालसालै प्रिमियर गरियो उक्त फिल्म
मा भानु प्रताप को काम को धेरै नै प्रसंसा भएको कुरा निर्देसक बस्नेत ले बताय।
तेस लगतै सुरज सुब्बा नाल्बो निर्देसित रातो घर को पनि मोसन पिक्चर सार्बजनिक भएको छ.।
रातो घरको हालै सार्बजनिक मोसन पिक्चरमा उनि ‘अघोरी डन’ को भूमिकामा देखिएका छन्।
उक्त रातो घर को मोसन पिक्चर बाट एका एक उनको चर्चा झन् बढेको छ। चलचित्र वन वे पछी सुरज सुब्बा नाल्बो सग उनको यो दोस्रो चलचित्र हो।रातो घर को मोसन पिक्चर सहित भानु प्रताप को भयङ्कर गेट अप र डरलाग्दो आवाज मा बोलियको डाईलग " सय स्यांगजाली दस झापाली , अनि दस झापाली एक देउराली " ले गर्दा उनको चर्चा अहिले एक्कासी बढेको छ।
रियल घटना मा आधारित चलचित्र रातो घर मा उनको रोल को बिषय मा सोध्धा आफ्नो रोल अलिकति होईन बिल्कुलै नया र फिल्म को एउटा मेरुदण्ड भयको ले अहिले खुलाउन नमिल्ने कुरा कलाकार भानु प्रताप ले बताए।
हाल उनि धम्पुस मा चलचित्र लक्ष्य को सुटिंग मा व्यस्त छन्. सबिन श्रेष्ठ र भानु प्रताप को मुख्य भूमिका रहेको चलचित्र लक्ष्य किक बक्सिंग संग सम्बन्धि चलचित्र हो।





No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत