Wednesday, July 1, 2015

हेटौडामा नेपाली फिल्म टिचर दोस्रो हप्तामा आज बाट हेटौडामा दुई उटा हल मा टिचर


आज बाट  हेटौडाको  ओम हल रo max मा   सफलतापुर्बक  चलिरहे को छ
शिक्षक बिद्यार्थिको कथामा बनेको चलचित्र टिचर हेटौंडामा विद्यालयमा अध्यापन गराउने शिक्षकको कथामाथि आधारित नेपाली कथानक चलचित्र ‘टिचर’ हेटौंडाबाट रिलिज भएको छ । शोभित बस्नेतद्वारा निर्मित तथा निर्देशित फिल्म ‘टिचर’ हेटौंडाको ओम हलबाट रिलिज गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै निर्देशक बस्नेतले यसअघि उक्त फिल्म राजधानीका एक सय विद्यालय र मोफसलका विभिन्न सहरकाएक सय विद्यालयमा ‘च्यारिटी शो’ गरिएको बस्नेतले बताए । फिल्ममा शिवकुमार रकाल पनि निर्माता रहेका छन् भने विन्दीया रानी प्रस्तुतकर्ता, प्याट्रिक सिटलिङको संगीत, राजेन्द्र खड्गीको द्वन्द्व निर्देशन रहेको बताइएको छ । निर्देशक बस्नेतले राजकुमार नामक पहिलो फिल्म पनि हेटौंडाबाटै छाया“कन सुरु गरेरे आफ्नो फिल्मी यात्रा सुरुवात गरेको बताएका छन् ।
फिल्ममा शिक्षकको भुमिकामा कुशल थापा र विद्यार्थीको भुमिका शोभितको छोरी सलिना बस्नेतले अभिनय गरेका छन् । काठमाडौंमा र मकवानपुरमै छायाकन गरिएको चलचित्र शिक्षक, विद्यार्थी र अभिभावकले फिल्म हेर्नुपर्ने र शिक्षकको भुमिका बुझ्नु पर्ने बताएका छन् ।




No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत