Tuesday, July 21, 2015

हेटौडामा ५१ दिन मनाउदै १५ गतेबाट नारायणगढको गणेश चलचित्र मन्दिरमा ‘टिचर’


छिमेकी जिल्ला मकवानपुरमा सफलता हात पारिरहेको चलचित्र ‘टिचर’ अब चितवन प्रवेश गर्ने भएको छ ।

विद्यार्थी र शिक्षकको मनोविज्ञानमा आधारित सन्देशमुलक चलचित्र ‘टिचर’ यहि साउन १५ गतेबाट नारायणगढको गणेश चलचित्र मन्दिरमा प्रदर्शन हुने भएको छ । फिल्म युनिटले मंगलबार नारायणगढमा पत्रकार सम्मेलन गरि प्रदर्शनको बारेमा जानकारी गराएको हो ।

चलचित्रका निर्माता तथा निर्देशक शोभित बस्नेतले हेटौडामा फिल्मले पाएको सफलताले उत्साहित बनाएको भन्दै नारायणगढमा पनि फिल्म प्रदर्शन गर्न लागिएको जानकारी दिए । उनले हेटौंडामा पाएको सफलता जस्तै चितवनमा पनि पाउनेमा विश्वास व्यक्त गरे । उनले चलचित्र ‘टिचर’लाई हलमा रिलिज गर्ने लक्ष्य नलिएपनि सबैको अनुरोधमा हलमा रिलिज गरेको बताए । तर जुन विश्वास थियो त्यो भन्दा बढि सफलता दिलाएपछि अन्य जिल्लामा समेत रिलिज गर्न लागिएको निर्देशक बस्नेतको भनाई छ ।



टिचर शोभित आफैले निर्माण तथा निर्देशन गरेको फिल्म हो । फिल्ममा शोभितकै छोरी सलिना बस्नेत मुख्य भुमिकामा छिन भने कुशल थापा, भानु प्रताप, सलोन बस्नेत लगायतको अभिनय छ ।
शोभितले टिचरको सफलताले गर्दा नै उनको प्रतिक्षित फिल्म जाउ हिट पोखराको रिलिज अन्यौलमा रहेको प्रस्ट पारे । अब दशै या तिहारको छेकोतिर जाउ हिट पोखरा रिलिज गर्ने उनको योजना छ ।



No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत