Thursday, July 23, 2015

लगातर छैठौ हप्तामा ‘टिचर’ हेटौडाको ओम र ओ म्याक्स मा हेटौडामा ५१ दिन मनाउदै अर्को साता

निर्देशक शोभित बस्नेतको निर्देशन रहेको चलचित्र ‘टिचर’ अहिले हेटौडाको ओम हलमा सानदारको साथ छैठौ सातामा प्रर्दशन भईरहेको छ । असार ११ बाट हेटौडाको ओम हलमा प्रदर्शनमा आएको चलचित्रमा दिन प्रतिदिन दर्शकको चाप देखेर निर्देशक शोभित बस्नेत दङग परेका छन् । एउटा हलमा प्रदर्शन गरिएको चलचित्र ‘टिचर’ एक दिनमा ३ सो चलाउदा पनि दर्शक चाप बढे पछि सँगै रहेको ओ म्याक्स समेत प्रदर्शन गरिएको छ ।







प्राप्त जानकारी अनुसार शोभित बस्नेत निर्देशित यो फिल्मले प्रदर्शनको छैठौ हप्तामा सम्ममा पनि उल्लेख्य साथ पाएको छ भने केही शोको त टिकट समेत अग्रिम बुकिङ भैसकेको छ । हेटौंडामा टिचरको क्रेज देखेर निर्देशक शोभित बस्नेत स्वयम् पनि अचम्ममा परेको बताउँछन् । निर्देशक बस्नेतको भनाई को अनुसार ‘भूकम्प बाट दर्शक त्रसित छन भन्ने भ्रम ‘टिचर’ ले चिरेको छ ।’




No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत