Tuesday, July 7, 2015

हेटौडामा ‘टिचर’ आज बाट तेस्रो हप्तामा ओम हल र ओ म्याक्स मा हाउस फुल

निर्देशक शोभित बस्नेतको निर्देशन रहेको चलचित्र ‘टिचर’ अहिले हेटौडाको ओम हलमा सानदारको साथ  तेस्रो  सातामा प्रर्दशन भईरहेको छ । असार ११ बाट हेटौडाको ओम हलमा प्रदर्शनमा आएको चलचित्रमा दिन प्रतिदिन दर्शकको चाप देखेर निर्देशक शोभित बस्नेत दङग परेका छन् । एउटा हलमा प्रदर्शन गरिएको चलचित्र ‘टिचर’ एक दिनमा ३ सो चलाउदा पनि दर्शक चाप बढे पछि सँगै रहेको ओ म्याक्स समेत प्रदर्शन गरिएको छ ।















 हेटौंडाको ओम हल र ओ म्याक्समा  प्रदर्शन गराइएको फिल्म ‘टिचर’ ले अप्रत्यासित रुपमा स्कूले एवं कलेजका दर्शकको साथ पाएको छ । प्राप्त जानकारी अनुसार शोभित बस्नेत निर्देशित यो फिल्मले प्रदर्शनको दुई साता सम्ममा पनि उल्लेख्य साथ पाएको छ भने केही शोको त टिकट समेत अग्रिम बुकिङ भैसकेको छ । हेटौंडामा टिचरको क्रेज देखेर निर्देशक शोभित बस्नेत स्वयम् पनि अचम्ममा परेको  बताउँछन् । निर्देशक बस्नेतको भनाई को अनुसार   ‘भूकम्प बाट दर्शक त्रसित छन भन्ने भ्रम ‘टिचर’ ले चिरेको छ ।’















No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत