Sunday, July 12, 2015

नेपालको माया देखाईन छातीमा टाटु बनाएर नायिका शुभेच्छा थापा ले

पछिल्लो समय एकपछि अर्को चलचित्र निरन्तर बनाउँदै आएकी नायिका शुभेच्छा थापा यतिबेला छातीा टाटु बनाएर चर्चामा छिन । चलचित्र निर्माणको क्रममा व्यस्त नायिका थापासँग गरेको कुराकानीः




के मा व्यस्त हुनुहुन्छ ?
मखमली चलचित्रको पोष्टप्रोडक्सनको काम हुँदाहुँदै अर्को चलचित्र बिन्दास ३ निर्माण गरियो । यही चलचित्रहरुको काममा व्यस्त छौँ । मखमली भन्दा पहिला बिन्दास ३ रिलिज गरिँदैछ । किनकि मखमली दुःख भरिएको कथा बस्तुमा निर्मित चलचित्र हो । अहिलेको देशको अवस्था दुखदायी छ । यस्तो अवस्थामा दुःख बिर्साउने चलचित्र आवश्यक छ । त्यसैले लभस्टोरी, याक्सान, कमेडी लगायत सम्पूर्ण मनोरञ्जनले भरिएको चलचित्र यहाँहरुको सामू आउँदैछ । यसै चलचित्रको लागि मैले एउटा टाटु पनि बनाएको छु ।

टाटु चाहिँ किन आवश्यक पर्यो ? कतै शुष्मा कार्कीको ठाउँमा आएको हुनाले टाटु आवश्यक परेको हो ?
त्यस्तो केही होइन । शुष्माजीको आफ्नो ठाउँ होला । मेरो आफ्नो ठाउँ छ । टाटु बनाउने मेरो पहिलादेखि कै इच्छा थियो । तर के बनाउने र त्यसको अर्थ के हो भनेर सोच्दै थिए । आजबल्ल थाहा पाएँ, बनाउनु नै छ भने राष्ट्रियताको भावना किन मुटुमा नराख्ने ? त्यसैले मैले नेपालको झण्डाको टाटु बनाए । बिन्दास ३ मा जसरी मेरो रोल प्रस्तुत भएको छ । त्यो रोलको लागि मेरो यो टाटु एकदम सुहाउँदो छ । जुन रोल दर्शकले भोलि सिनेमामा हेर्न पाउनुहुनेछ । मेरो स्लोगन ‘नेपालीको हुँ म छोरी, नेपाललाई नै माया गरी असली छ चिनो, नेपालको मेरो छाती भरी‘ रहेको छ । म आफूँलाई भन्दा बढी माया देशलाई गर्छु, त्यसैले मैले छातीमा नेपालको झण्डाको टाटु बनाएँ ।

टाटु स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा पनि आएका छन । तपाईले बुझेर बनाउनु भयो कि भावनामा बगेर ?
पहिलो त हरेक कुराको साइड इफेक्ट हुन्छ । सायद यसको पनि होला । जहाँसम्म मलाई लाग्छ शरीरभरी बनायो भने त्यसले ठूलै असर पार्ला । बनाउँदा प्रयोग गरिने सिरिङ्ज र कलर अरुले प्रयोग गरेको हुनुहुँदैन । यो कुरामा ध्यान दियो भने यसले ठूलो असर गर्दैन ।


विन्दास ३ मा बेड सिनाको खुव खर्चा छ । के तपाईले पनि बेड सिन दिनुभएको छ ?
बिन्दास ३ को कथाबस्तु अनुसार त्रिपक्षीय लभस्टोरी चलचित्र हो । लभस्टोरी चलचित्र भइसकेपछि मान्छेको जीवनसँग आधारित कथाबस्तु बन्न जान्छ । यसै क्रममा बेड सिन पनि टाढा हुन सक्दैन । त्यसैले मैले पनि बेडसिन दिएको छु । तर सेन्सले पास गर्ने जति मात्र छ ।



बजारमा त निर्देशकले नायक नायिकालाई नाङ्गै पारे भन्ने हल्ला छ नि ?
बजारमा अनेक हल्ला चल्न सक्छन । सवै हल्ला सही हुन्छ भन्ने छैन । भोलि चलचित्र हलमा लागेपछि दर्शकहरुले आफैँ देख्न सक्नुहुनेछ ।

राजु गिरीसँग मिलेर तपाईले निरन्तर चलचित्र बनाउँदै आउनुभएको छ । बजारमा तपाईले भने अनुसारको निर्देशक नपाएर हो या अन्य कुनै कारण छ ?
हरेक मानिसको आ—आफ्नो काम गर्ने शैली हुन्छ । त्यस्तै राजु गिरीको पनि आफ्नै काम गर्ने शैली छ । अरु निर्देशक पनि हुनुहुन्छ । जुन कथाबस्तुमा चलचित्र बनेको छ । त्यसका लागि राजु गिरी फिट हुनुहुन्छ । र यो चलचित्र हामी दुई जनाकै ब्यानरमा बनेको छ ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत